2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वास्तवीक द्धन्द्ध पिडितहरुलाई न्याय दिलाएरै छोड्छौं–भट्ट

पर्वत। सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य तथा प्रतिनिधी माधवी भट्टले वास्तवीक द्धन्द्ध पिडितहरुलाई न्याय दिलाउनका लागि आयोग सक्रियता पुर्वक लाग्ने बताएकी छन् । विहिवार पर्वत जिल्लाको स्थानीय शान्ति समितिको कार्यालयमा पत्रकार सम्मेलनमा वोल्दै उनले तात्कालीन १० वर्षे द्धन्द्धकालमा राज्य तथा विद्रोही पक्षबाट अन्यायमा परेका द्धन्द्धपिडितहरुलाई सत्यतथ्य छानविन गरी पिडितलाई परिपुरण तथा न्याय दिलाउनका लागि आयोगले निश्पक्ष ढंगले काम गर्ने उनको भनाई थियो ।

आयोगले तात्कालीन दुवै पक्षबाट घटाइएका र घटेका घटनाबाट पिडित बनेका द्धन्द्ध पिडितहरुको उजुरीका आधारमा आयोगले छानविनलाई अगाडि बढाउने भन्दै यस्तो छानविनलाई हरेक पक्षबाट सहयोग हुनेमा विश्वस्त भएको बताईन् । तात्कालीन समयमा घटनाको प्रकृति अनुसार पिडितको माग बमोजीम कारबाही गर्न अनुसन्धानबाट प्रमाणहरुको पनि खोजी हुने आयोग सदस्य भट्टको भनाई थियो । घटनामा आम माफीको विषय प्रसंगको प्रश्नको जवाफमा उनले “ खुट्टा काटेर नाच र जिब्रो काटेर गीत गाउ” भन्ने प्रकृतिका घटनमा मेलमिलाप हुन सक्दैनन भट्टले भनीन् ।

  ‘मानवअधिार हनन र उलंघनका घटना तथा गम्भिर अपराधका घटनालाई पिडितको इच्छा विपरीत माफी र मेलमिलापमा नलैजाने भन्दै त्यस्ता मुद्धालाई कानुनी कारबाहीमा अगाडि बढाईनेमा उनको जोड थियो ।  पत्रकार सम्मेलनमा स्थानीय शान्ति समिति पर्वतका संयोजक मनोहर वि पौडेल लगायत जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्धन्द्धकालमा पिडित बनेका द्धन्द्ध पिडितहरुलाई स्थानीय शान्ति समिति पर्वत मार्फत उजुरी दर्दा गराउन आब्हान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो