३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

वास्तवीक द्धन्द्ध पिडितहरुलाई न्याय दिलाएरै छोड्छौं–भट्ट

१६ बैशाख २०७३, बिहीबार १५:०६

पर्वत। सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य तथा प्रतिनिधी माधवी भट्टले वास्तवीक द्धन्द्ध पिडितहरुलाई न्याय दिलाउनका लागि आयोग सक्रियता पुर्वक लाग्ने बताएकी छन् । विहिवार पर्वत जिल्लाको स्थानीय शान्ति समितिको कार्यालयमा पत्रकार सम्मेलनमा वोल्दै उनले तात्कालीन १० वर्षे द्धन्द्धकालमा राज्य तथा विद्रोही पक्षबाट अन्यायमा परेका द्धन्द्धपिडितहरुलाई सत्यतथ्य छानविन गरी पिडितलाई परिपुरण तथा न्याय दिलाउनका लागि आयोगले निश्पक्ष ढंगले काम गर्ने उनको भनाई थियो ।

आयोगले तात्कालीन दुवै पक्षबाट घटाइएका र घटेका घटनाबाट पिडित बनेका द्धन्द्ध पिडितहरुको उजुरीका आधारमा आयोगले छानविनलाई अगाडि बढाउने भन्दै यस्तो छानविनलाई हरेक पक्षबाट सहयोग हुनेमा विश्वस्त भएको बताईन् । तात्कालीन समयमा घटनाको प्रकृति अनुसार पिडितको माग बमोजीम कारबाही गर्न अनुसन्धानबाट प्रमाणहरुको पनि खोजी हुने आयोग सदस्य भट्टको भनाई थियो । घटनामा आम माफीको विषय प्रसंगको प्रश्नको जवाफमा उनले “ खुट्टा काटेर नाच र जिब्रो काटेर गीत गाउ” भन्ने प्रकृतिका घटनमा मेलमिलाप हुन सक्दैनन भट्टले भनीन् ।

  ‘मानवअधिार हनन र उलंघनका घटना तथा गम्भिर अपराधका घटनालाई पिडितको इच्छा विपरीत माफी र मेलमिलापमा नलैजाने भन्दै त्यस्ता मुद्धालाई कानुनी कारबाहीमा अगाडि बढाईनेमा उनको जोड थियो ।  पत्रकार सम्मेलनमा स्थानीय शान्ति समिति पर्वतका संयोजक मनोहर वि पौडेल लगायत जिल्लाका संचारकर्मीहरुको सहभागिता रहेको थियो । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्धन्द्धकालमा पिडित बनेका द्धन्द्ध पिडितहरुलाई स्थानीय शान्ति समिति पर्वत मार्फत उजुरी दर्दा गराउन आब्हान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट