शंकर शर्मा .
गर्मि मौसम र चर्को खडेरीको कारण देशैभर आगोलागिका घटनाहरु आईरहदा याता पर्वतको लिमिठना वाड नं ८ मा रहेको मधुवनमा भिषण आगालागि भएको छ । विहिवार विहान लिमिठाना र खानिगाँउको सिमाना लमाए खोलाको साघुँ वाट सल्किएको आगो अहिले मधुवनको चारैतिरवाट फैलिएको छ ।
लिमिठाना गाविसको सवै भन्दा ठुलो सामुदायिक वन मधुवनमा लागेको आगोको कारण वाड नं ८ स्थित रुम्टामा रहेका घरहरु आगोको उच्च जोखिममा रहेको स्थानिय सिवाराम पन्तले जानकारी दिनुभएको छ । आगो नियन्त्रण गर्ने प्रयास स्थानिय वासिले गरेपनि तत्काल आगो नियन्त्रण सम्भव नरहेको सामुदायिक वनका अध्यक्ष विक्रम पन्तले वताउनु भयो । ८०, ९० जनाको उपस्थितिमा अहिले पनि अगो नियन्त्रणको प्रयास भईरहेको पन्तले वताउनु भयो ।आगो कसले लगायो र के कारणले लागेको हो भन्ने खुल्न् नसकेको प्रहरीले जनाएको छ ।