२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

दलित केटीलाई बुहारी अस्विकार गरेपछि…

२०७५, २८ जेष्ठ सोमबार १६:०५

जेठ २८, सर्लाही | एक गैर दलित केटाले दलित केटी सँग अन्तरजातीय विवाह गरेको केटाको घरका सदस्यहरुले अश्विकार गरेपछि उनिहरु न्याय पाउनको लागि अधिकारकर्मीहरुको शरणमा पुगेका छन् ।

सर्लाहीको लालबन्दी नगरपालिका वडा न-१ निवासी राम केवल कोइरीका २१ वर्षिय छोरा श्रीराम महतो कोइरीले सोही गाउँकी २२ वर्षिया सुलेखा कुमारी राम(नाम परिवर्तन गरिएको )सँग २०७४ साल माघ १० गते भारतको बिहार राज्य सितामढी जिल्ला अररिया गाउँको एक मन्दिरमा विवाह गरेका थिए ।छोराले एक दलित केटीलाई आफ्नो घरको बुहारी बनाएको थाहा पाए पछि निजका बुवा लगायत घरका अन्य सदस्यले उनिहरुलाई घरमा राख्न अस्विकार गरे पछि पिडित नवदम्पती आफुहरु उपर भएको अन्यायको गुहार लगाउँदै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा तराई मानवअधिकार रक्षक संजालको शरणमा पुगेका हुन् ।

संघ र संजालको शरणमा पुगेर आफुहरुलाई न्याय दिलाएर घरमा बस्ने वातावरण बनाइदिन भन्दै निवेदन दिएपछि संघका संयोजक राजेश पासवान र संजालका मानवअधिकार अधिकृत मुकेश मिश्र तथा दलित अधिकारकर्मीहरुको पहलमा तत्कालै न्याय दिलाइ सँगै बस्ने वातावरण मिलाइदिन भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवामा निवेदन दिएका छन् ।यसैगरी गत बुधबार २३ गते सदरमुकाम मलंगवा नगरपालिका स्थित गणेशिया टोलमा एक दलित युवती माथि भएको बलात्कारको घटनामा दोषीलाई समेत तुरुन्त करवाहीको मागँ गर्दै जिप्रकामा निवेदन दर्ता गराएको संघका संयोजक पासवानले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !