२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

६ करोडको लगानीमा मिनि मार्केट

२०७३, १७ बैशाख शुक्रबार ०३:३२

पर्वत, धौलागिरीमा पहिलो पटक मिनि मार्केट संचालनमा आउने भएको छ । पर्वतको कुश्माबजारको लोकतान्त्रिचोकमा ६ करोडको लगानीमा मोती मिनि मार्केट संचालनमा आउन लागेको हो ।

ग्राहकहरुको सेवा र सुविधाको लागि एउटै छानामुनि सवै प्रकारको सेवा र सुविधान दिनको लागि आफुले लगानी गरेको मिनि मार्केट संचालक शरद कुमार जोशीले बताउँछन् । उनको एकल लगानीमा ५ करोडको जग्गा र १ करोड २० लाखको भौतिक संरचना निर्माण भएको  मिनि मार्केटमा ५५ वटा सटरहरु रहेका छन् ।

आफ्ना हजुरबुवा  मोतिप्रसाद जोशीको सम्झनामा उनले उक्त मार्केटको निर्माण गरेका हुन् । देशका ठूलाठूला शहरमा यस्ता किसिमका  मार्केटहरु भएता पनि धौलागिरी अंचलमा नभएका कारण आफुले मिनि मार्केटका संचालन गर्ने सोच बनाएको संचालक जोशीको भनाई छ । मिनि मार्केटमा रहेका सटहरु न्यूतम शुल्क भने अतिनै सस्तो रहेको छ ।

अन्यन्त्र ७ हजार देखि २० हजार रुपैयाँ सम्ममा उपलब्ध हुने सटहरु २ देखि ३ हजारसम्ममा उपलब्ध गराएको जोशीको भनाई छ । ¬मिनि मार्केटको संचालनबाट जिल्लाबासीलाई धेरै राहत मिल्ने उनको बुझाई छ । जिल्लामा मिनि मार्केट संचालनमा आउनाले धेरै राहत मिल्ने सेवाग्राही रमा श्रेष्ठले बताइन् । जिल्लामा अन्य पसलमा भन्दा मार्केटमा १० देखि १५ प्रतिशत सम्म सस्तो भएको श्रेष्ठको भनाई छ ।

एउटै छानाम्ुनि किचनमा प्रयोग हुने सामानदेखि खाद्यन्न, इलेक्ट्रोनिक सामानदेखि लत्ताकपडा, सौन्दर्यका सामाग्री, फ्रेसहाउस र तरकारी तथा फलफुल, होटलहरु संचालनमा आइरहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण