३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सातौं राष्ट्रपति प्रतियोगिता सम्पन्न

१७ बैशाख २०७३, शुक्रबार ०३:४३

rastapati khel

पर्वत जिल्ला खेलकुद विकास समितिको आयोजना संचालन भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको     छ ।   बैशाख ४ देखि छनोट खेल शुरु भएको उक्त कार्यक्रमको शुक्रबार समापन भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको उपाधी लगातार तीन पटक सम्म विजय हासिल गरी दुर्लुङको सुर्यप्रकाश उमाविले लगेको छ ।

उक्त कार्यक्रममा गुरुकुल एकेडेमी दोस्रो भयो भने पशुपति उमावि राम्जाले तृतीय स्थान पायो विजेताले शिल्ड सहित नगद ३० हजार, द्धतियले २० हजार र तृतीय हुनेले १० हजार पाए ।     विद्यालय स्तरका विद्यार्थीलाई समावेश गरी उनीहरुको प्रतिभाको प्रष्फुटन गर्ने उदेश्यका साथ उक्त कार्यक्रको आयोजना गरेता पनि सोही अनुसार पनि खेलमा विद्यार्थी सहभागी हुन सकेनन् । गैर विद्यार्थीलाई समावेश गरी शिल्ड र उपाधी हत्याउनको लागि क्षेत्र नं १ का विद्यालयहरुले     गैरजिम्मेवारी पूर्ण र असोभनीय कार्य गरेको खेल हेर्न आएका दर्शकले गुनासो गरे ।

जसका कारण स्कुले बालबालिकाको प्रतिभामाथि कुण्डाघात मात्रै भएन सम्बन्धीत विद्यालयले गरेको अशोभनीय कार्यको निन्दा समेत भएको छ ।     खेलाडी बाहिरबाट ल्याए विद्यालयले प्रमाणिकरण गरी खेलमा समावेश गरेका कारण पनि खेलमा भने बालबालिकाको बास्तविक प्रतिभा प्रष्फुटन भने हुन सकेन । खेलमा चुल्ठे, मुन्द्रे र उमेर खाएका विद्यार्थी समावेश गरीएका कारण यो खेल विद्यालय स्तरीय नभई अन्य क्लबले आयोजना गरेको खेल जस्तो भएको दर्शकको बुझाई थियो ।

आफ्नो विद्यालयको लागि पदक दिलाउनको लागि गैरजिम्मेवारी पन देखाउने विद्यालयलाई उजुरी परे र सम्बन्धी खेलाडीको प्रमाणिकरण गलत भएको भए त्यस्ता विद्यालयलाई कारवाही गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ तर जिल्ला शिक्षा कार्यालयमा त्यस्ता गुनासो भने नपरेको  बुझिएको     छ ।

जिल्ला खेलकुद विकास समितिका कर्मचारीनै खेलमा गैरजिम्मेवारी पन भएको स्वीकार गर्छन भने सम्बन्धीत विद्यालयले पनि खेलमा धाधली र गैरजिम्मेवारी पन तथा स्वार्थ लुकेको बताउँछन् । खेलमा विजेता हुने विद्यालयले अधिकांश गैरविद्यार्थीको साहरा लिएको जतातै चर्चा चलेको छ  । बाहिरबाट खेलाडी झिकाई खेलमा पैसाको कारोबार गरेको तथा सहभागी भएका भनीएका  गैरविद्यार्थीलाई सात र आठको विद्यार्थी भएको देखाइएको छ ।

शैक्षिक शत्र भर्खर शुरु भएका कारण विद्यालयलाई गैरविद्यार्थी खेलमा समावेश गराउनको लागि सहज भएको सरोकारवाला निकायको बुझाइ  छ । अब ति गैरजिम्मेवारी भनीएका विद्यार्थी  नियमी विद्यालय आउँछन की खेलका लागि त्यो भने प्रतिक्षा र अुनगमनको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट