२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सातौं राष्ट्रपति प्रतियोगिता सम्पन्न

२०७३, १७ बैशाख शुक्रबार ०३:४३

rastapati khel

पर्वत जिल्ला खेलकुद विकास समितिको आयोजना संचालन भएको सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको     छ ।   बैशाख ४ देखि छनोट खेल शुरु भएको उक्त कार्यक्रमको शुक्रबार समापन भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितको उपाधी लगातार तीन पटक सम्म विजय हासिल गरी दुर्लुङको सुर्यप्रकाश उमाविले लगेको छ ।

उक्त कार्यक्रममा गुरुकुल एकेडेमी दोस्रो भयो भने पशुपति उमावि राम्जाले तृतीय स्थान पायो विजेताले शिल्ड सहित नगद ३० हजार, द्धतियले २० हजार र तृतीय हुनेले १० हजार पाए ।     विद्यालय स्तरका विद्यार्थीलाई समावेश गरी उनीहरुको प्रतिभाको प्रष्फुटन गर्ने उदेश्यका साथ उक्त कार्यक्रको आयोजना गरेता पनि सोही अनुसार पनि खेलमा विद्यार्थी सहभागी हुन सकेनन् । गैर विद्यार्थीलाई समावेश गरी शिल्ड र उपाधी हत्याउनको लागि क्षेत्र नं १ का विद्यालयहरुले     गैरजिम्मेवारी पूर्ण र असोभनीय कार्य गरेको खेल हेर्न आएका दर्शकले गुनासो गरे ।

जसका कारण स्कुले बालबालिकाको प्रतिभामाथि कुण्डाघात मात्रै भएन सम्बन्धीत विद्यालयले गरेको अशोभनीय कार्यको निन्दा समेत भएको छ ।     खेलाडी बाहिरबाट ल्याए विद्यालयले प्रमाणिकरण गरी खेलमा समावेश गरेका कारण पनि खेलमा भने बालबालिकाको बास्तविक प्रतिभा प्रष्फुटन भने हुन सकेन । खेलमा चुल्ठे, मुन्द्रे र उमेर खाएका विद्यार्थी समावेश गरीएका कारण यो खेल विद्यालय स्तरीय नभई अन्य क्लबले आयोजना गरेको खेल जस्तो भएको दर्शकको बुझाई थियो ।

आफ्नो विद्यालयको लागि पदक दिलाउनको लागि गैरजिम्मेवारी पन देखाउने विद्यालयलाई उजुरी परे र सम्बन्धी खेलाडीको प्रमाणिकरण गलत भएको भए त्यस्ता विद्यालयलाई कारवाही गर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ तर जिल्ला शिक्षा कार्यालयमा त्यस्ता गुनासो भने नपरेको  बुझिएको     छ ।

जिल्ला खेलकुद विकास समितिका कर्मचारीनै खेलमा गैरजिम्मेवारी पन भएको स्वीकार गर्छन भने सम्बन्धीत विद्यालयले पनि खेलमा धाधली र गैरजिम्मेवारी पन तथा स्वार्थ लुकेको बताउँछन् । खेलमा विजेता हुने विद्यालयले अधिकांश गैरविद्यार्थीको साहरा लिएको जतातै चर्चा चलेको छ  । बाहिरबाट खेलाडी झिकाई खेलमा पैसाको कारोबार गरेको तथा सहभागी भएका भनीएका  गैरविद्यार्थीलाई सात र आठको विद्यार्थी भएको देखाइएको छ ।

शैक्षिक शत्र भर्खर शुरु भएका कारण विद्यालयलाई गैरविद्यार्थी खेलमा समावेश गराउनको लागि सहज भएको सरोकारवाला निकायको बुझाइ  छ । अब ति गैरजिम्मेवारी भनीएका विद्यार्थी  नियमी विद्यालय आउँछन की खेलका लागि त्यो भने प्रतिक्षा र अुनगमनको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ