2026-09-19 02:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा गाउँपालिका अध्यक्षले प्र.अ. माथि दुर्ब्याबहार गरेको आरोप

जेठ ३१, नवलपरासी | पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दिपक गुप्ताले प्रधानाध्यापक माथि दुव्र्यवहार गरेकोभन्दै  वडा नं. ३ स्थित सिदार्थ माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरुले विरोध जनाएका छन् । 

उनिहरुले बुधबार गाउँपालिकामा विरोध जनाउदै गाउँपालिकाको कार्यालय, जिल्ला प्रशासन कार्यालय, शिक्षक महासंघ नवलपरासी, शिक्षा विकास तथा समन्वय ईकाई कार्यालयमा ज्ञापनपत्र बुझाउदै विरोध जनाएका हुन् । विद्यार्थी तथा शिक्षकहरुले आज पढाई नै हडताल गरी कुश्मास्थित विद्यालयदेखि बेलाशपुरस्थित गाउँपालिकाको कार्यालयबाट विरोध र्याली शुरु गरेका हुन् । गाउँपालिकामा रिक्त रहेको प्राथमिक तहको शिक्षक पदपुर्तिमा कुरा नमिल्दा गाउँपालिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्यायविच विवाद भएको स्रोतले जनाएको छ ।

विद्यालयमा रिक्त रहेको दुईजना प्राथमिक तहको शिक्षक पदपुर्तिका लागि पुष महिनामा विज्ञापन भएको थियो । तर गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति विघटन गर्ने निर्णय गरेकाले शिक्षक नियुक्तिमा ढिलाई भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीका अनुसार उच्च आदालतले उक्त मुद्दामा स्टे अर्डरको निर्णय गरेको र हाल पुरानै व्यवस्थापन समितिले  काम गरिरहेकाले गाउँपालिकाको समन्वयमा शिक्षक नियुक्ति गर्ने प्रक्रिया अगाडी बढाएको जानकारी दिनुभयो । गाउँपालिकाकै रोहबरमा सोमबार शिक्षक नियुक्ती भएपछि प्रधानाध्यापक लेखनाथ उपाध्याय परासी तर्फ आउने क्रममा गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नो घर बेलासपुर बोलाएर शिक्षक नियुक्तीमा घुस खाएकोभन्दै अपशब्द प्रयोग गरेको र पीट्ने समेत धम्की दिएको प्रधानाध्यापक उपाध्यायले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष गुप्ताले प्राधनाध्यापकले शिक्षक नियुक्तीमा सातलाख घुस खाएको आरोप लगाएका थिए ।

गाउँपालिका अध्यक्ष गुप्ताले प्रधानाध्यापक उपाध्याय माथी लगाएको आरोप निराधार रहेको र प्रधानाध्यापक माथी दुब्र्यवहार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो । उक्त कार्य निन्दनीय रहेको र दोशी माथी कडा कारवाही हुनुपर्ने गिरीले माग गर्नुभयो । गाउँपालिकाका स्रोत ब्यक्ति बल्लभा आचार्य गिरीले गाउँपालिकाकै समन्वयमा निश्पक्ष तरिकाले शिक्षक नियुक्ती गरिएको जानकारी दिनुभयो । नाम नबताउने सर्तमा सोही गाउँपालिकामा कार्यरत एक शिक्षकले गाउँपालिका अध्यक्षले अयोग्य ब्यक्ति नियुक्ति गर्न दबाद दिएको र विद्यालयले निश्पक्ष तरिकाले योग्य ब्यक्ति छनौट गरेकाले यो विवाद भएको जानकारी दिनुभयो । विद्यालयले जारी गरेको विज्ञप्तीमा दोशी माथी कारबाही नभएसम्म विभिन्न आन्दोलनको कार्यक्रम जारी रह्ने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो