२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

रघुगंगा आयोजनामा ठेकेदार परिचालन

३१ जेष्ठ २०७५, बिहीबार १०:००

जेठ ३१, म्याग्दी | रघुगंगा जलविद्युत् आयोजनाको काममा ठेकेदार परिचालन गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणको शत्प्रतिशत लगानी रहेको ४० मेगावाट क्षमताको रघुगंगा आयोजना निर्माणका लागि ६ महिना अगाडी ठेक्का सम्झौता भएको थियो । भारतीय कम्पनी जेपी एशोसिएट्सले कार्यक्षेत्रमा प्रारम्भिक चरणको नक्साङ्कनको काम शुरु गरेको कम्पनीका प्रबन्ध सञ्चालक श्रीराम पाण्डेले बताउनुभयो । 

ऋण लगानीकर्ता भारतीय एक्जिम बैंकले जेठ १० गते ठेक्का सम्झौताको स्वीकृति दिएको हो । कम्पनीले डिजाइन र व्यवस्थापनको काम शुरु गरेको छ भने बाँध, सुरुङ र विद्युत्गृहको काम एकसाथ अघि बढाउने कार्ययोजना बनाएको छ । 

आगामी ३९ महिनामा आयोजनाबाट विद्युत् उत्पादन गर्ने सम्झौतामा उल्लेख छ । आयोजना निर्माणको चरणमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले लगानीको अवसर पाउनेछन् । यसअघि छनोट भएको भारतको आइभिआरसिएल प्रोजेक्ट लिमिटेडले काम गर्न नसकेपछि ठेक्का तोडेर नयाँ प्रक्रियाबाट आयोजना निर्माण गर्न लागिएको हो । 

आयोजना नदीको बहावमा आधारित छ । 

यसको सम्भाव्यता अध्ययन सन् १९९८ मा भई सन् २००८ मा अद्यावधिक गरेको हो । आयोजनाका लागि आवश्यक २८२ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । आयोजना म्याग्दीको रघुगंगा गाउँपालिकाको पिप्ले, झीँ र दग्नाममा पर्छ । झीँ र दग्नामको सीमामा बाँध रहेको आयोजनाको विद्युत्गृह पिप्लेको तिल्केनीचौरमा रहने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य