२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

परियोजना सल्लाहकार समितिको वैठक सम्पन्न

२०७५, ३१ जेष्ठ बिहीबार १४:४५

जेठ ३१, अर्घाखाँची | हेफर इन्टरनेश्नलको सहयोगमा सञ्चालित वाख्रा विकास परियोजना अन्तर्गतको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको वैठक सन्धिखर्कमा  सम्पन्न भएको छ ।  परियोजना सञ्चालन गरेका तिन ओटा संस्थाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । 

समाजसेवा वातावरण तथा संस्कृति संरक्षण समुह, पहाडी श्रोत व्यवस्थापन समुह, र सामाजिक सेवा तथा विकास केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा परियोजना संयोजकहरु नेत्र मरासिनि, पार्वता श्रेष्ठ र कुल बहादुर नेपालीले आआफ्नो संस्थाले हाल सम्म गरेको कार्यको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए  । तिन ओटै संस्थाले सितगंगा नगरपालिकाका विभिन्न वडामा परियोजना सञ्चालनमा ल्याएका छन् । 


कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख ऋषिबहादुर पुलामी, सितगंगा नगरपालिकाका प्रमुख सुर्यप्रसाद अधिकारी, उपप्रमुख टिका रेस्मी, स्थानीय विकास अधिकारी कृष्ण प्रसाद पाण्डे, जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा लोकनाथ पौडेल, कृषि कार्यालयका प्रमुख जगन्नाथ तिवारी, हेफरका बाख्रा विशेषज्ञ डा लक्ष्मण घिमिरे, हेफरका जिल्ला संयोजक राधाकृष्ण शर्मा पश्चिमाञ्चल ग्रामिण खानेपानी आयोजनाका प्रमुख कुशल भुसाल  लगायतको आतिथ्यता रहेको थियो ।

 कार्यक्रम एसएसइ सिपिजिका कार्यकारी निर्देशक वावुराम पौडेलको स्वागत मन्तव्य र  सोस्डेकका अध्यक्ष गंगाराम भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने