2026-09-19 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ढुंगेल दोषी भए हिजोका शासक र बहालवाला नेताहरु पनि रहँदैनन्

13118917_1037462626308845_4555322636158456970_n-577x433पर्वत, नयाँ शक्ती नेपालका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेलले बालकृष्ण ढुंगेल निर्दोष रहेको बताएका  छन् । उनले शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा पे्रस सोसाइटी नेपाल पर्वत शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै यस्तो बताएका हुन् । बिगत माओवादी आन्दोलन, सरकार पक्षको दमन, लगायतका घटनालाई छरपष्ट रुपमा उठाउँदै जाने हो भने कोहि कसैलाई राम्रो नहुँने बताउँदै पौडेलले बिष्तृत शान्ति सम्झौताको मर्म र भावना बमोजीम सत्य निरुपण तथा मेलमिलाप आयोग र अदालत समेतले काम गर्न पर्ने बताए ।

पौडेलले बिगतको जनयुद्ध प्रति आफुलाई गर्व रहेको बताउँदै जनयुद्धका बेला भएको कार्वाहीका बिषयलाई उठाएर अदालतले फैसला सुनाए पनि उनी निर्दोष भएको दावि गरे । जुन घटनामा ढुंगेललाई दोषी बनाइएको छ त्यो बेला उहाँ उक्त घटनामा संङलग्न भएको देखिदैन उनले भने । बिगतका घटनाहरुलाई उठाउँदै जादाँ अहिलेको बाहाल वाला राजैतिक दल, तात्कालिन प्रशासन, सेना, प्रहरी लगायत कोहि पनि बाकीँ नरहने उनको ठहर थियो । अन्तराष्ट्रिय मानव अधिकारका कुरा सुनेर कठघरामा उभ्याउने योजनाले नेपाल नै राजनैतिक रुपले अर्कमण्ड्यतामा फस्ने र अर्को मानव अधिकार हहन हुनसक्ने खतरा रहेको बताए । यस्तो बिषयलाई धैर्यता र संयमताका साथ राजनैतिक रुपमा समाधान निकाल्नु पर्नेमा उनको जोड थियो ।

हाल गठन भएको सत्य निरुपण तथा मेलमिलाप आयोगले पर्वाग्रही ढंगले काम गर्नु हुदँैन तथा न्यायलय पनि निर्दोस बस्तु होईन त्यहाँ भित्र न्यायधिसहरु छन् उनीहरुले बिवेकले फैसला सुनाउनुपर्छ फैसला सुनाउँदा बिष्तृत शान्ति सम्झौताको भावना नामेट पारिनु हुदैन भन्दै आगोग गठनलाई पुरानो कोर्षको संज्ञा दिए । नेपालको गणतान्त्रिक कोर्ष अब समृद्ध र समाजवादी कोर्ष तर्फ अगाडि बढ्नु पर्ने भन्दै आयोग पुरानो कोषमा नफर्केर नयाँ कोर्षमा लाग्नुपर्नेमा उनको जोड थियो । उनले आयोगलाई डिग्री पढेर पिएचडी गर्नेबेलामा एसएलसीको किताव बोकेर पढ्न हिडे जस्तो देखेको बताए । पौडेलले पत्रकारहरुको जिज्ञासामा अबको समय आर्थिक समृद्धीको भएको भन्दै आर्थिक समृद्धीको बहसमा अगाडी जानुपर्ने बताए ।

उनले भने मुलुकमा संघियता, धर्म्निरपेक्षेता लगायतका थुप्रै परिबर्तनहरु भैसकेकोले समृद्ध देश निर्माणका लागि नयाँ शक्ती अभियानमा लागेको बताए । उनले आगामी पार्टीको महाधिबेशनबाट नेपालको २० बर्षको कोर्ष बनाएर अगाडी आउने बताउँदै देशको बैकल्पीक शक्तीको रुपमा आफुहरुलाई नेपाली जनताले साथ दिने बिश्सास ब्यक्त गरे । पुर्बराजाको चलखेल प्रति पत्रकारले उठाएको बिषयमा पौडेले भने राजतन्त्रका काम सबै नेपाली जनताले हेरी सकेकोले अब राजतन्त्र नेपालमा नर्फकने ठोकुवा गरे ।

उनले भने हामी परिपर्तनको नयाँ अध्यायमा अगाडी बढी सकेका छौं । राजतन्त्रको पर्नआगमन कल्पना भन्दा बाहिरको कुरा हो ? यो संभव पनि छैन् र नेपाली जनताले स्बीकार्ने कुरा पनि हुदैन । त्यसैगरी नयाँ शक्तिका केन्द्र्रिय सचिवालय सदस्य पासाङ शेर्पाले जनजातीको लागि नयाँ शक्ती निर्बिकल्प रहेको बताए । आदीवासी जनजाती महांघका पुर्व अध्यक्ष तथा नयाँ शक्ती अभियानका केन्द्रिय परिषद्का सचिवालय सदस्य पासाङ्ग शेर्पाले जनजाती आन्दोलनको लागि अबको बिकल्प नयाँ शक्ती भएको दावि गरेका छन् । उनले भने जनजातीको नाममा खोलिएका पार्टीले मात्रै देशको निकास नदिने बताउँदै जनजातीहरुले अब नयाँ शक्तीलाई सहयोग गर्न अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो