, पर्वत
प्रmन्टलाइन नेपाल उद्यमशीलता तथा विकास संस्था पर्वतको आयोजना तथा जिल्ला विकास समिति पर्वतको सहयोगमा ठूलीपोखरी गा.वि.स.मा ३ दिने अदुवा खेती तालिम सुरुवात भएको छ । स्थानीय युवा साझेदारी कार्यक्रम, ठूलीपोखरी गा.वि.सको पाखोवारीमा अदुवा उत्पादन तथा बजारीकरण आयोजना अन्तर्गत सो तालिम शुक्रवारबाट एक कार्यक्रम बीच औपचारीक रुपमा सुरु भएको हो ।
ठूलीपोखरी गा.वि.स.का सचिव कुलप्रसाद लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न तालिमको उद्धाटन सत्रमा जिल्ला कृषक महासंघ सदस्य भगवती शर्मा, कृषि महासंघ ठूलिपोखरीका अध्यक्ष ज्योतिन्द्र पौडेल, फ्रन्टलाइन नेपालका कार्यक्रम संयोजक घनश्याम पौडेल, फ्रन्टलाइन नेपालका निर्देशक शिवप्रसाद शर्मा लगाएतले बोल्नु भएको थियो । कार्यक्रम वाटुलेचौर नागरिक सचेतना
केन्द्रका संयोजक मिना परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सामाजिक परिचालक रमेश पौडेलले गर्नुभएको थियो ।
तालिममा बाटुलेचौर नागरिक सचेतना केन्द्रका ३० जना सदस्यहरुको सहभागीता रहेको छ । कार्यक्रमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत अजय अधिकारी र ठूलीपोखरी कृषि सेवा केन्द्रका प्रमुख छन्दकुमार श्रेष्ठले सहजीकरण गर्नुभएको छ । ३ दिने तालिम पश्चात कृषकहरुलाई विउ अनुदान सहयोग गरि ४ दिने फिल्ड अभ्यासका साथै अदुवा लगाउने समेतकोे कार्यक्रम रहेको कार्यक्रम संयोजक घनश्याम पौडेलले बताउनु भयो ।