२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

ठगी गरेर फरार रहेका धनकुटाका एक सहकारी अध्यक्ष पक्राउ

२०७५, १ असार शुक्रबार ०८:४०

असार १ धनकुटा | रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले रु ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार भएको एक वर्षपछि बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

धनकुटा नगरपालिका–७ स्थायी घर भएका यसमाली जिल्ला प्रशासन कार्यालय धनकुटाले २०७४ असार २३ पक्राउ गर्न निर्देशन दिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

त्रिवेणी माध्यमिक विद्यालयका निमावि स्थायी शिक्षकसमेत रहेका यसमाली सहयात्री सहकारी संस्थाको रु ५५ लाख एवं अन्य व्यक्ति एवं संस्थाको थप ठगीको उजुरी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसमाली धनकुटा नगरपालिका–७ स्थित निजी घर आएको मौका पारी धनकुटाबाट खटिगएको विशेष प्रहरीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी कोशी पहाडका चार जिल्ला हेर्ने डिभिजन सहकारी कार्यालय धनकुटाले यसअघि पनि धनकुटामा सञ्चालित ५४ वटा सहकारी संस्थाको दर्ता खारेजीका लागि प्रक्रिया अघि बढाउन सचेत गराइएको जनाइएको छ । 

सहकारीको आर्थिक पारदर्शिता नदेखाउने, समयमा साधारणसभा एवं लेखापरीक्षण नगर्ने, सहकारी नियमको बर्खिलाप गर्दै आफूखुसी चलेका र आर्थिक हिनामिनाको आरोपमा धनकुटा जिल्लाका १६ वटा सहकारी संस्था खारेजीमा परेका थिए । 

कोशी पहाडका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लामा हाल ५८३ उपभोक्ता सहकारी संस्था दर्ता भई सञ्चालनमा डिभिजन कार्यालय धनकुटाको तथ्याङ्कमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा