२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनकुटा - DNK

ठगी गरेर फरार रहेका धनकुटाका एक सहकारी अध्यक्ष पक्राउ

१ असार २०७५, शुक्रबार ०८:४०

असार १ धनकुटा | रकम हिनामिना गरी फरार रहेका सहयात्री कृषि सहकारी संस्था अध्यक्ष तिलकबहादुर यसमालीलाई एक वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

धनकुटा नगरपालिका–७ हुलाक टोलमा रहेको सहयात्री कृषि सहकारी लिमिटेड संस्थाले ऋण तथा बचत कार्यक्रम सञ्चालन भइरहेका संस्थाबाट यसमालीले रु ५५ लाखभन्दा बढी रकम हिनामिना गरी फरार भएको एक वर्षपछि बिहीबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

धनकुटा नगरपालिका–७ स्थायी घर भएका यसमाली जिल्ला प्रशासन कार्यालय धनकुटाले २०७४ असार २३ पक्राउ गर्न निर्देशन दिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । 

त्रिवेणी माध्यमिक विद्यालयका निमावि स्थायी शिक्षकसमेत रहेका यसमाली सहयात्री सहकारी संस्थाको रु ५५ लाख एवं अन्य व्यक्ति एवं संस्थाको थप ठगीको उजुरी परेका जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसमाली धनकुटा नगरपालिका–७ स्थित निजी घर आएको मौका पारी धनकुटाबाट खटिगएको विशेष प्रहरीको टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैगरी कोशी पहाडका चार जिल्ला हेर्ने डिभिजन सहकारी कार्यालय धनकुटाले यसअघि पनि धनकुटामा सञ्चालित ५४ वटा सहकारी संस्थाको दर्ता खारेजीका लागि प्रक्रिया अघि बढाउन सचेत गराइएको जनाइएको छ । 

सहकारीको आर्थिक पारदर्शिता नदेखाउने, समयमा साधारणसभा एवं लेखापरीक्षण नगर्ने, सहकारी नियमको बर्खिलाप गर्दै आफूखुसी चलेका र आर्थिक हिनामिनाको आरोपमा धनकुटा जिल्लाका १६ वटा सहकारी संस्था खारेजीमा परेका थिए । 

कोशी पहाडका धनकुटा, संखुवासभा, भोजपुर र तेह्रथुम जिल्लामा हाल ५८३ उपभोक्ता सहकारी संस्था दर्ता भई सञ्चालनमा डिभिजन कार्यालय धनकुटाको तथ्याङ्कमा रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने