२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जवरजस्ती विवाह फन्दामा परेका एक युवा सुहागरातको बिहान मृत भेटिएपछी…

२०७५, १ असार शुक्रबार १२:२५

प्रेम सुनार/असार–१, रुपन्देही।  ५ नम्वर प्रदेश अन्तरगत रुपन्देहीमा केहि दिन अघि एक युवा जवरजस्ती विवाहको अर्को दिन विहान मृत अवस्थामा फेला परेका छन् । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्वर–७ अमुवा हिरागञ्जका ३२ वर्षिय कर्णबहादुर बुढाथोकीलाई स्थानिय अन्दाजी ३२ वर्षिया रुकमणी खवाससंग माया प्रेम रहेको भन्दै  उनको समुदायले जेठ–२४ गते  विवाह गराएका थिए ।  त्यस विवाहलाई बुढाथोकीका परिवारजनले जवरजस्ती भनेका छन् ।


लामो समय  देखि उनिरु बिच प्रेम सम्वन्ध रहेको भन्दै ति युवतीका परिवारजनले बुढाथोकीको छिमेक मै आई उनलाई  विवाह नगरे ज्यान मार्नेसम्मको धम्की दिई जवरजस्ती विवाह गराई दिएको बुढाथोकीका आफन्त नैनबहादुर लोकचनले बताए । ‘केटा र उनका परिवारले उनलाई विवाह गर्नै  मानेका थिएनन’– उनले भने–‘ केटी पक्षको ठुलो जमात आई ज्यान मार्ने सम्मको धम्की दिएपछि विवाह गर्न बाध्ये भएका थिए ।’

जवरजस्ती विवाह भएका कारण घरमा बस्न नचाहेर बुटवलको दोस्ती रेष्टुरेन्ट एण्ड लजमा  उनिहरु दुवै जना बस्न गएका थिए त्यस रात । त्यस लजका सञ्चालक किरण पाण्डेसंग सम्पर्क राख्दा उनले भने–‘ उनिहरु त्यस्तै साँझ ६ वजे तिर आएका थिए ।


१०८ नम्वर रुम बुक गरेका थिए । उनिहरुसंग एक महिला सहित ८, ९ जना मानिसहरु पनि आएका थिए । अरु मानिसहरु राती साढे दश वजेसम्म मादक पदार्थ सेवन गर्दै बसेका थिए । केहि  विवाद जस्तो पनि पाईन्थ्यो तर हामी त्यता पट्टि लागेनौ । उनिहरु सवै जना राती हिडेपछि उनिहरु दुई जना त्यस रुमा सुत्न गएका थिए ।

विहान त्यस्तै  साढे ६ वजेतिर उनिहरु दुवैजना कोठाबाट निस्केर  ढोका खोल्न लगाए । हाम्रो स्टाफले ढोका खालेपछि नवदुलही सामान किन्न भन्दै वाहिर निस्कीईन । त्यसपछि  वेहुला कोठा भित्र गए । उनि करिव २० मिनेटमा फर्किईन । कोठामा जाँदा चुक्कुल लगाएको देखेपछि स्टाफलाई बोलाएर ढोका हानेर खोल्दा उनि झुण्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई फोन हानेर बोलाएका हौ । ’

मृतक बुढाथोकीका परिवारजन उनको मृत्युलाई रहश्यमय भन्दै छानविनका लागि प्रहरीमा उजुरी दिएका छन् । 

झुण्डिएको काठाको ढोका खाल्दा चुक्कुल अडाउने किलाहरु नभाँचिनु ,  सोतो तन्नाको डोरी बनाएर पंखाको हुपमा नभई त्यसको पातामा डोरी थियो भनिनु, मृतकका  परिवारजनलाई पहिला थाह नदिई केटी पक्षका मानिसहरुलाई बोलाई  शव उठाउन, करिव डेढ घण्टा पनि लुम्बिनी अञ्चल अस्पतालमा शव पुराए पछि मात्र आफुहरुलाई खवर गरिनुले उनको मृत्यु घटना रहश्यमय रहेको मृतकका परिवाजनको भनाई छ ।

रोई रोई जोडेको नाता पाईयोः डिएसपी भट्टराई  

घटनाका सम्वन्धमा वुटवल ईलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी केशव भट्टराई संग सम्पर्क राख्दा उनले परिवारजनले जवरजस्ती विवाहको दावी गरे पनि अनुसन्धानको क्रमा त्यस्तो नखुलेको बताए । उनले भने–‘ ति महिला संग बुझ्दा राजखुशी विवाह गरेको खुलेको छ । २४ गते दिउँसो छिमेकीमा ति युवतीका आफन्तले स्थानियको एक घरमा केटा ति युवा संग भेट गराएको उनले बताएकी छन् ।

उनले भनेकी छन–‘ हामी दुई जना संगै एक्लै कोठामा बस्यौं । विगतको मार्या प्रेमको कुरा सम्झेर दुवै जना धेरै वेर सम्म रोयौं । दुवैले विहे गरेर संगै बस्ने हामीले निर्णय गरेपछि सवैले ताली बजाएर स्वागत गरे ।

त्यहाँबाट हामी शिद्धवावा तिर आएर साँझ सम्म बस्यौ र होटलमा सुहागीरात मनाउन भन्दै गएका थियौं ।  डिएसपी भट्टराईका अनुसार ति दुई जना होटलमा गई सकेपछि मात्र चार पाँच जना उनका आफन्त त्यस होटलमा पुगेका थिए  । घटनाको गम्भीर ढंग संग अनुसन्धान  भई रहेको र ति होटलमा पुगेकाहरु संग सोधपुछ हुदै गरेको डिएसपी भट्टराईलेबताए ।

विवाह पछि हाँसीखुशी थिएः प्रत्यक्षदर्शी

विवाहको साँझ होटलमा पुगेका बुढाथोकीका साथी कमल भट्टराईले त्यस दिन साँझ उनिहरु हाँशी खुशी रहेको बताए ।  उनले भने–‘ उनि र म २२ वर्ष देखि निर्माण क्षेत्रमा संगै काम गर्दै आएका थियौं ।

उ मेरो मुटु थियो । ति केटी थारु समुदायकी हुन् । १२–१५ वर्ष देखि उनि संग माया प्रेम थियो । तर गत एक वर्ष देखि उनिहरुको सम्वन्ध टाढिए पछि त्यहाँको समुदायले पटक पटक उनिहरुलाई भेट गराउन खोजे ।

केटीले समुदायले भेट गराउने आश मारेर आफै केटाको छिमेकमा आएर विवाह गरेका हुन । त्यो समुदायले हामी नजिकको साथी भएकोले मलाई पनि विवाहका लागि सकरात्मक बनाउन खोजेका थिए । होटलमा हाँशी खुशी कुराकानी गरियो । भन्न त उसले भनेको थियो त्यहाँका दिदी वहिनीहरुले विवाहका लागि दवाव दिए भनेर ।

मृतक पक्षका नैनबहादुर लोकचन भन्छन– भट्टराई र मृतक पहिल्लै देखिका मिलनसार साथी र निर्माण सेवा कम्पनीमा समेत पार्टनर थिए ।  तर  पहिला जस्तो उनिहरुको सम्वन्ध राम्रो थिएन । 

पहिला ति युवती संग विवाह नगर्न सुझाउने मान्छे भट्टराई थिए । तर पछि विवाह गर्न दवाव दिने मध्येका उनै हुन पुगे । यस विषयमा हामीलाई  थुप्रै खाले आशंका छ । मृतककी आमा हिमकुमारी बुढाथोकीले  विवाहका लागि पटक पटक दवाद दिदै आएको बताईन ।

उनले भनिन विवाह नगरे मेरो छोरालाई ज्यान मार्ने सम्मको धम्की दिएको थियो । त्यसका वावुजुद पनि छोराले विहे गर्न मानेकै थिएन । उनले थपिन–‘ मेरो छोराले आफै ज्यान हाले कै होईन कसैले ज्यान लिएको हामीलाई आशंका छ । ’

उनि सहित मृतकको आफन्तले यतिका दिन देखि सञ्चार माध्यमा समेत यो घटना गापचुप पारिएको गुनासो गरे । बुढाथोकी र भट्टराई सुशिला निर्माण सेवा प्रा.लि संयुक्त रुपमा सञ्चालन गरी  ठेक्का पट्टा गर्दै आई रहेका थिए । मृतक बुढाथोकीको पुर्खेयौंली घर  बाग्लुङ्गको बुर्तिबाङ्ग हो ।   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा