महेन्द्र जिसी
वैशाख पर्वत
जनताले तिरेको करबाट तलव सुविधा लिएर जनताको काम गर्न ढिलाई गर्ने पर्वतका एक सय २९ जना कर्मचारीलाई प्रशासनले कारवाही गर्ने भएको छ । कार्यलय समयमा उपस्थिती नभएर घरयासीकाममा व्यस्त हुने कर्मचारीलाई कार्वाही गर्न थालिएको हो । वैशाख १२ गते भएको प्रशासनको छडके अनुगममा कार्यलयमा नभेटिएका कर्मचारीलाई विभागीय कारवाहीको थालनी भएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले कार्यालय समयमा उपस्थिती नभएर जनताको सेवा गर्न नसक्ने कर्मचारीलाई विभागीय कारवाही गरीने बताए । ढकालले भन्नु भयो सबै कर्मचारीको स्पष्टिकरण लिने काम भईरहेको छ । जवाफ सान्दर्भिक नआएमा विभागमा पत्र पठाएर कार्वाही गरीन्छ । कर्मचारीले सर्वसाधरणलाई सरकारको अनुभुती दिलाउनु पर्छ ।
प्रशासनको छडके अनुगमनमा जिल्लाका २२ जना अधिकृत र १ सय ७ जना सहायक स्तरका कर्मचारीहरु रहेका छन । ठुलो सँख्यामा अधिकृत स्तरका कर्मचारीहरुको अनुपस्थिती रहेको जनाउँदै प्रशासनले कार्वाही अगाडी बढाएको हो । अनुगमनका क्रममा विना जानकारी कार्यलय भन्दा बाहीर रहेका कर्मचारीको हाजीर पुस्तीका नियन्त्रणमा लिएको हो । प्रशासनले कार्यलय समयमा विभिन्न बहाना देखाएर सर्वसाधरणको सेवमा समस्या सृज्याएको भन्दै सबै कर्मचारीको स्पस्टीकरण लिने तयारी भइरहेको बताएको छ ।
कर्मचारीको स्पष्टिकरण चित्त नबुझेमा विभागमा पत्र काटेर कावाही गरीने ढकालले जानकारी दिनुभयो ।स्पष्टिकरण लिनेहरुमा जिल्ला वन कार्यलयका एक अधिकृत र ४ जना सहायक रहेका छन भने खानेपानी तथा सरसफई डिभिजनकार्यलयका एक अधिकृत र पाँच जना सहायक कर्मचारी रहेका हुन । त्यस्तै गरी जिल्ला स्वाथ्यमा दुई जना अधिकृत पाँच जना सहयाक र जिल्ला कृषि कार्यलयमा एक अधिकृत र पाँच सहायक ,महीला तथा वालवालिका कार्यलयका दुई जना सहायक कर्मचारी रहेका हुन ।
स्पष्टिकरण लिनेमा सीप विकास कार्यलयका तीन कर्मचारी जिल्ला हुलाक कार्यलयका ६ जना कर्मचारी जिल्ला शिक्षा कार्यलयका ४ अधिकृत र ४ सहायक कर्मचारी रहेका हुन । , पश्चिमाञ्चल सिँचाई डिभिजनका दुई अधिकृत दुइ सहायक कर्मचारी ,मालपोत कार्यलयका चार जना सहायक ,नापि शाखाका एक अधिकृत ७ सहायक ,कुश्मा नगरपालिकाका तीन जना सहायक , घरेलु विकास समीतीका दूई अधिकृत जिल्ला भुंरक्षण कार्यलयका एक अधिकृत दुई सहायक ,नेपाल विद्युत प्रधिकरण शाखाका एक अधिकृत १६ जना सहायक कर्मचारी रहेका छन । त्यस्तै गरी पशु सेवा कार्यलयका दुई सहायक र जिल्ला विकास समीतीका दुई अधिकृत र ९ जना सहायक स्तरका कर्मचारीहरुको पनि स्पष्टिकरणको तयारी भएको छ ।
प्रशासनले कार्यलय समयमा अनुपस्थित भएर जिम्मेवार नसमाल्ने कर्मचारीले विभागीय कार्वाही गरीने बताएको हो । अधिकृत स्तरका कर्मचारीले कार्यलय नै छाडेर सेवा नदिँदा सर्वसाधरण हैरानी व्यहोर्दै आउनु परेको छ । विगतका वर्षमा कर्मचारीको छड्के अनुगम हुँदै आएको भएपनि गत वर्षको भने यो पहीलो छडके अनुगमन हो । जिल्लाका धेरै अधिकृत स्तरका कर्मचारीको लापरबाही भेटिएको पनि पहीलो घटना हो । पछिल्लो समय प्रशासनले देखाएको उदाशिन्ताका कारण अधिकृत स्तरका कर्मचारीको लापरबाही बढदो मात्रमा रहेको छ । जसका कारण सर्वसाधरणले समयमा सेवा नपाएर सरकारको अनुभुती गर्न सकेका छैनन ।