२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

दिक्तेलमा पत्रकारिता तालिम

२ असार २०७५, शनिबार ११:३४

चिसाङ शेर्पा | असार २, खोटाङ | प्रत्येक वडामा पत्रकार उत्पादन गर्ने उद्देश्यले दिक्तेलमा पाँच दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ शाखा कार्यालय खोटाङको आयोजनामा शनिबारदेखी पाँच दिने आधारभूत पत्रकारिता तालिम दिक्तेलस्थित होटल शुभदिनमा सुरुवात भएको हो ।

स्थानिय स्तरमा हुने गरेका गतिविधिलाई सहज तवरमा सञ्चार माध्यमसम्म पुर्याउन नगरपालिकाभित्रका १५ वडाका प्रत्येक वडाबाट सहभागी गराई पत्रकारिता तालिम सञ्चालन गरिएको नेपाल पत्रकार महासंघ शाखा खोटाङका सचिव उत्तम चौलागाँइले जानकारी दिए । तालिममा ३६ जनाले सहभागीता जनाएका छन् । सहभागी प्रशिक्षार्थीलाई जिल्लाका वरिष्ठ पत्रकारहरु कृष्ण आचार्य, डम्बर सिं राई, दिलीप खत्री, डिएम चाम्लिङ, उजुर राई, सुर्य तामाङ लगायतले प्रशिक्षण दिइरहनु भएको छ ।

पाँच दिने आभारभूत तालिममा श्रव्य–दृश्य रुपमा पत्रकारिता तालिम सम्बन्धी जानकारी गराइने पत्रकार महासंघ खोटाङका अध्यक्ष दमन राईले बताए । तालिमको पहिलो दिन पत्रकार दिलीप खत्री, डिएम चाम्लिङ र उजुर राईले प्रशिक्षण दिनुभएको छ । राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका गतीविधिलाइ क्षणभरमै पहिचान गराउने पत्रकारिता पेशालाइ निरन्तरता दिए तालिमको सार्थकता हुने मेयर दिपनारायण रिजालले बताउनुभयो । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुदै मेयर रिजालले ‘समाज परिवर्तनमा पत्रकारिताको माध्यमबाट रखवारी, खवरदारी गर्न सहभागीलाई आग्रह गरे ।


सुचना आदानप्रदान गर्नमा सबैभन्दा भरपर्दो माध्यम पत्रकारिता पेशा भएको भन्दै प्रशिक्षार्थीहरु उत्साहित बनेका छन् । तालिममा सहभागि प्रशिक्षार्थीलाई तालिम पश्चात निरन्तर लागि पर्न कार्यक्रमका सहभागीहरुले सुझाव दिएका छन् । नुनथला, जालपा, निर्मलीडाडाँका वडाबाट प्रशिक्षार्थी सहभागी नभएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो