2026-09-08 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुगुको सोरु गाउँपालिका सडक सञ्जालमा जोडियो

असार ३, मुगु | मुगु जिल्लामा रहेको सोरु गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । 

जिल्लास्थित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरुको सहभागितामा सफल रुपमा चारपाङ्गे्र जीप सञ्चालन गरिएपछि यो गाउँपालिका सदरमुकामसँगै सडक सञ्जालमा जोडिएको जानकारी दिइएको हो । 

ग्रामीण पहुँच कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा आर्थिक वर्ष २०७० फागुण २२ गतेबाट गमगढी गिलाह धुलाचौर सडकको निमार्ण कार्य शुरु भएको थियो । शुक्रबार गमगढी गिलाह २३ किमीमध्ये १७ किमी सडकमा सवारी साधान परीक्षणको रूपमा सञ्चालन गरिएको थियो । 

उक्त गाउँपालिकामा सडक पुगेसँगै नगरपालिका र गाउँपालिका एकापसमा जोडिएका छन् । 

सडक जोडिएसँगै सोरुगाउँपालिकामा उत्पादन हुने मास, सिमी, जडीबुटी र फलफूल जिल्ला सदरमुकाममा बिक्री वितरण गर्न र विकास निर्माणका सामग्री लिन सहज भएको गाउँपालिका प्रमुख लोगबहादुर शाहीले बताउनुभयो । 

नगरप्रमुख हरिजंग शाहीले जनताको सहभागितामा उपकरणबिना गुणस्तरयुक्त सडक बनाएकामा ग्रामीण पहुँच कार्यक्रमलाई धन्यवाद दिँदै आफ्नो नगर क्षेत्रमा आगामी वर्षबाट यही कार्यक्रमबमोजिम सडक निर्माण गर्ने बताउनुभयो । 

सडक निर्माणमा ७० समूहका एक हजार ५०० कामदार खटिएको र चार वर्षमा रु ३८ करोड खर्च भएको कार्यक्रमका प्रमुख मोहान रुवालीले बताउनुभयो । उहाँले यो परीक्षणमात्र भएकाले कच्चे गाउँको तल रहेको ५०० मिटर पहरा फोरेपछि दुई महिनामा गिलाहमा २३ किलोमिटरमा सडक पुग्ने र आगामी पुस महिनामा यो सडक सञ्चालनमा ल्याइने बताउनुभयो । 

मान्छेले काम गरेर गाडी गुड्ला भनेर आफूले नसोचेको सडक निर्माणमा सक्रिय निगाले गाउँकी कामदार जानसर खड्का बताउनुभयो । सडक बनाउँदा आफ्नो गाउँमा प्रायः सबै घरले कम्तीमा रु सात आठ लाख कमाएको बताउँदै गाडी पुगेपछि सदरमुकाममा तरकारी बेच्न सहज हुने उहाँले बताउनुभयो । यो गाउँमा जिल्लाकै नमूना तरकारीखेती हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ