२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

पहिरोले बागलुङको एक विद्यालयमा क्षति,चार वटा कक्षा कोठा पुरियो

२०७५, ३ असार आईतवार ०८:०९

असार ३, बागलुङ | गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् । 

चारकोठे पक्की भवनको तीन कोठा र अर्को ‘ट्रष्ट’ भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि पूर्णरुपमा क्षति पुगेको प्रधानाध्यापक शंकर थापाले बताउनुभयो । 

पहिरोका कारण करीब रु ५० लाखबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पढाइ प्रभावित हुने गरी कक्षा कोठा नै पुरिएपछि विद्यालयले दुई दिनका लागि विद्यार्थीलाई बिदा दिएको छ । “प्रहरी मुचुल्का र क्षतिको प्रारम्भिक विवरण संकलन गर्ने काम भएको छ”, प्रअ थापाले भन्नुभयो, “विद्यालयलाई ठूलो क्षति पुगेपनि पठनपाठनका लागि वैकल्पिक व्यवस्था गरिने छ । ” 

क्षति पुगेका कक्षा कोठामा कक्षा ११ को विज्ञान र व्यवस्थापन विषयको पढाइ हुँदै आएको थियो । दुईकोठे ‘ट्रष्ट’ भवनमा रहेको स्रोत केन्द्रको कार्यालयमा पनि पूर्ण क्षति भएको छ । शनिबार दिनभरको वर्षापछि राति साढे १० बजे आएको पहिरोले विद्यालय पुरेको सोही विद्यालयका शिक्षक नवीनप्रताप जिसीले बताउनुभयो । विद्यालयमाथिको पाखो धस्सिएर पहिरो खसेको उहाँको भनाइ थियो । 

पहिरोले विद्यालय भवनसँगै स्थानीय प्रेमबहादुर थापाको गोठमा पनि क्षति पु¥याएको छ । पहिरोबाटै पशुचौपायाको जीवितै उद्धार गरिएको थियो । वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पुर्याएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीका भीमबहादुर श्रीसको परिवार पहिरोका कारण विस्थापित हुने अवस्थामा छ । वर्षाले कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो