३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा पुरुष भन्दा महिला मतदाता बढी

२० बैशाख २०७३, सोमबार ०५:२७

पर्वत(सास) । पर्वतमा पुरुष मतदाता भन्दा महिला मतदाताको संख्या झण्डै १० प्रतिशतले बढी रहेको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले दिएको जानकारी अनुसार पुरुषको तुलनामा महिला ९ दशमलब २६ प्रतिशतले बढि भएका हुन् । कार्यालयले अहिलेसम्म संकलन गरेको नामावलीका आधारमा महिला मतदाताको संख्या बढि भएको जनाईएको छ । अहिलेसम्म जिल्लामा ९७ हजार १ सय ८८ जनाको फोटो सहितको मतदाता नामावली संकलन भएको छ । जस मध्ये ५० हजार ९ सय ५३ महिला र ४६ हजार २ सय ३५ पुरुष रहेको कार्यालयले जानकारी दिएको छ ।

पुरुषहरु रोजगारीका लागि बिदेशिने क्रम बढेको र स्वदेश फर्किएका बेलामा पनि मतदाता नामावली दर्ता नगराएकाले पनि यति धेरै फरक देखिएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । जिल्लाको कुल जनसंख्या १ लाख ४६ हजार रहेको छ । कुल जनसंख्यामा पनि महिलाहरुको सख्ंया बढि रहेको पाइएको छ ।

यसैबीच जिल्ला निर्वाचन कार्यालयले हालै संचालन गरेको मतदाता नामावली अद्यावधिक कार्यक्रममा तीन हजार चार सय १५ भन्दा बढि मतदाता थपिएका छन् । पछिल्लो समयमा जिल्लाका ३२ वटा गाविस, दुई स्थानमा संचालित घुम्ती शिविर, जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालयमार्फत संचालन गरिएको अभियानबाट तीन हजार ४ सय १५ जनाले मतदाता नामावलीमा नाम लेखाएका हुन् ।जिल्लाका क्षेत्र नं. २ का १९ वटा र क्षेत्र नं. १ का १३ गाविसमा संकलन अभियान संचालन समेत गरिएको थियो । जसमा ४ सय ५ जना महिला र ६ सय ५१ जनाको नामावली संकलन भएको जिल्ला निर्वाचन अधिकृत शर्माले बताए ।

उनका अनुसार वाँकी रहेका गाविसमा अर्को वर्ष अद्यावधिक कार्यक्रम संचालन गरिने भएको छ । यस बाहेक जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयमा भने दैनिक मतदाता नामावली संकलन गरिदै आएको छ । स्थानिय निकायको निर्वाचनको तयारीका लागि पनि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य निरन्तर संचालन गरिने उनले बताए । मतदानको अधिकार १८ वर्ष उमेर पुगेकाहरुले प्रयोग गर्न पाउने भएपनि नामावली संकलन भने नागरिकता लिनेहरुको पनि गरिएको शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट