२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वीट्जरल्याण्डको नेइमार केन्द्रित खेल, ब्राजिललाई १–१ गोलको बराबरीमै रोक्यो

२०७५, ३ असार आईतवार २०:२६

असार ४, काठमाडौँ | विश्वकप २०१८ अन्तर्गत रसियामा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘ई’ को दोश्रो खेलमा स्वीट्जरल्याण्ड र ब्राजिलले १–१ अंक बाँडेका छन् । खेलमा सुरुवाती गोल गरेको ब्राजिललाई पहिलो दोश्रो हाफमा गोल गर्दै स्वीट्जरल्याण्डले १-१ अन्तरमै रोक्न सफल भएको हो । 


निकै बलियो मानिएको ब्राजिललाई स्वीट्जरल्याण्डले १–१ गोलमै रोकेपछि खेल समर्थकहरुले अर्जेन्टिनाकै लयमा ब्राजिल पुगेको टिप्पणी गरेका छन् । त्यसो त खेलमा स्विजरल्याण्डका खेलाडीहरुले ३ एल्लो कार्ड पाए । मैदानमा ब्राजिलका स्टार खेलाडी नेइमार धेरै पटक मैदानमा गिरे । जसलाई नेइमार केन्द्रित स्वीट्जरल्याण्डको रणनीति मान्न सकिन्छ । त्यसका बाबजुत पहिलो हाफमा ब्राजिलका लागि फिलिपे कौन्टिन्होले २० औं मिनेटमा गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । 



खेलको दोश्रो हाफ सुरु भएको ५ मिनेटमै ब्राजिलको अग्रता टुटाउदै स्वीट्जरल्याण्डका लागि स्टेभन जुबेरले गोल गरे । ब्राजिलले निकै राम्रो पर्दर्शन गरेपनि गोलको लागि भएका प्रयासहरु सफल हुन सकेनन् । खेलको इन्जुरीसमयमा ब्राजिलले धेरै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न भने सकेन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु १६१ स्थानको मतगणना सार्वजनिक, १२४ क्षेत्रमा रास्वपा विजयी गण्डकी र लुम्बिनीसहित विभिन्न प्रदेशमा वर्षा र हिमपात रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै बालेन्द्र शाहले निर्वाचन आयोगमा चुनावी खर्च विवरण बुझाए, खर्च १४ लाख १७ हजार मात्रै  समानुपातिकतर्फको मतगणनामा रास्वपाको ४१ लाख ५१ हजार २५७ मत प्राप्त बूढानीलकण्ठमा एक जना मृतावस्थामा फेला दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटलाई कारोबार बन्द