पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छै"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छै"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको बिहादी गाउँपालिकाको २३ लाख सामाजिक सुरक्षा भत्ता हरायो

४ असार २०७५, सोमबार ०२:२७

पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छैन।

गाउँपालिकाले वितरण गर्ने सामाजिक सुरक्षाको रकम लिन शुक्रबार विहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई, वडा नम्बर २ बर्राचौरका सचिव लिलाधर पराजुली, वडा नम्बर ४ वहाकीका वडा सचिव ईश्वरी न्यौपाने, वडा नम्बर ५ उरामका वडा सचिव कृष्ण भुसाल र वडा नम्बर ६ शालिग्रामका वडा सचिव सुनकुमारी भट्टराईले गाडी रिजर्भ नै गरेर गएका थिए। उनीहरुले बैँकबाट रकम झिकेपछि चारैजना कुश्माकै फ्रेण्डली होटेलमा बास बसेका थिए।

शनिबार कुश्माबाट गाउँपालिका हिँडेका उनीहरुले पोखराको होटेलमा खाना खाए। रिजर्भ गाडी भएको हुनाले उनीहरुले रकमतर्फ भने ध्यान दिएनन्। पोखरा खाना खाएपछि उनीहरु स्याङजाको बाटो हुँदै पर्वत फर्किए।

स्याङजाको बयरघारीमा पुग्दा रिजर्भ गरेको गाडी बिग्रियो। गाडी बिग्रिएपछि बल्ल सचिवहरुले झोलातर्फ ध्यान दिए। छुट्टाछुट्टै झोलामा छुट्टाछुट्टै वडाको रकम राखेतापनि त्यहाँ वडा नं. ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदान राखिएको झोला भने गायब थियो।

विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालका अनुसार झोला गायब भएपछि सचिवहरुले उनलाई सम्पूर्ण घटनाबारे जानकारी गराएका थिए।

रकम हराएपछि भने सचिवहरुले गाउँपालिकाका कार्यकारी अधिकृत दिनेश भुसाल र आफुलाई फोनमार्फत जानकारी गराएको भुसालले बताए।

‘रिजर्भ गाडी भएको र चारैजना सचिवसँगै भएको हुँदा कसैलाई शंका गर्ने वातावरण पनि भएन्, मैले गाडीमा नै कतै परेको हुनसक्छ राम्रोसँग खोज्न लगाएँ’ भुसालले भने, ‘तर, लाखौँ रकम हराएको निश्चित भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनेको हुँ।’

रकम हराएपछि कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए। सबै कर्मचारीहरु प्रहरीको शरणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरीक्षक दिलिप रेग्मीले सामान्य सोधपुछ मात्र गरिएको बताए । उनले भने, ‘रकम हराएको जानकारी पाएपछि सम्भावित ठाउँमा खोजवीन गरेका छौँ, कर्मचारीहरुसँग पनि सोधपुछ गरिएको छ ।’ दोषी पत्ता नलागेसम्म कारवाहीको प्रक्रिया अगाडि बढाउन नमिल्ने उनले जनाए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम शर्माका अनुसार प्रशासनमा रकम हराएको बारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने