पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छै"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छै"/>
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको बिहादी गाउँपालिकाको २३ लाख सामाजिक सुरक्षा भत्ता हरायो

२०७५, ४ असार सोमबार ०२:२७

पर्वत । पर्वतको विहादी गाउँपालिका ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदानको २३ लाख रुपैयाँ बाटोमा नै गायब भएको छ। शुक्रबार सदरमुकाम कुश्मास्थित नेपाल बैंकबाट रकम झिकेर गाउँपालिका जाँदै गर्दा रकम हराएको हो। रकम कहाँ र कतिबेला हराएको भन्ने केही तथ्य भने खुलेको छैन।

गाउँपालिकाले वितरण गर्ने सामाजिक सुरक्षाको रकम लिन शुक्रबार विहादी गाउँपालिकाका लेखा अधिकृत गोबिन्द भट्टराई, वडा नम्बर २ बर्राचौरका सचिव लिलाधर पराजुली, वडा नम्बर ४ वहाकीका वडा सचिव ईश्वरी न्यौपाने, वडा नम्बर ५ उरामका वडा सचिव कृष्ण भुसाल र वडा नम्बर ६ शालिग्रामका वडा सचिव सुनकुमारी भट्टराईले गाडी रिजर्भ नै गरेर गएका थिए। उनीहरुले बैँकबाट रकम झिकेपछि चारैजना कुश्माकै फ्रेण्डली होटेलमा बास बसेका थिए।

शनिबार कुश्माबाट गाउँपालिका हिँडेका उनीहरुले पोखराको होटेलमा खाना खाए। रिजर्भ गाडी भएको हुनाले उनीहरुले रकमतर्फ भने ध्यान दिएनन्। पोखरा खाना खाएपछि उनीहरु स्याङजाको बाटो हुँदै पर्वत फर्किए।

स्याङजाको बयरघारीमा पुग्दा रिजर्भ गरेको गाडी बिग्रियो। गाडी बिग्रिएपछि बल्ल सचिवहरुले झोलातर्फ ध्यान दिए। छुट्टाछुट्टै झोलामा छुट्टाछुट्टै वडाको रकम राखेतापनि त्यहाँ वडा नं. ६ शालिग्रामको सामाजिक सुरक्षा अनुदान राखिएको झोला भने गायब थियो।

विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालका अनुसार झोला गायब भएपछि सचिवहरुले उनलाई सम्पूर्ण घटनाबारे जानकारी गराएका थिए।

रकम हराएपछि भने सचिवहरुले गाउँपालिकाका कार्यकारी अधिकृत दिनेश भुसाल र आफुलाई फोनमार्फत जानकारी गराएको भुसालले बताए।

‘रिजर्भ गाडी भएको र चारैजना सचिवसँगै भएको हुँदा कसैलाई शंका गर्ने वातावरण पनि भएन्, मैले गाडीमा नै कतै परेको हुनसक्छ राम्रोसँग खोज्न लगाएँ’ भुसालले भने, ‘तर, लाखौँ रकम हराएको निश्चित भएपछि जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउन भनेको हुँ।’

रकम हराएपछि कर्मचारीहरुले प्रहरीलाई खबर गरेका थिए। सबै कर्मचारीहरु प्रहरीको शरणमा आएका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी उपरीक्षक दिलिप रेग्मीले सामान्य सोधपुछ मात्र गरिएको बताए । उनले भने, ‘रकम हराएको जानकारी पाएपछि सम्भावित ठाउँमा खोजवीन गरेका छौँ, कर्मचारीहरुसँग पनि सोधपुछ गरिएको छ ।’ दोषी पत्ता नलागेसम्म कारवाहीको प्रक्रिया अगाडि बढाउन नमिल्ने उनले जनाए ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम शर्माका अनुसार प्रशासनमा रकम हराएको बारे जानकारी आएको र अनुसन्धान प्रक्रिया अगाडि बढाईएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना