२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नारायणगढ मुग्लिन सडकखण्ड: ट्रकमा ढुंगाले लागेर चालकको मृत्यु

४ असार २०७५, सोमबार ०३:५०


असार ४, चितवन | नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९:३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् । 

ढुंगा ट्रकको चालकतर्फ झरेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । वर्षात्सँगै पछिल्लो समयमा सो सडकमा पहिरो र ढुंगा खस्ने समस्या आएको छ । 

यस्तै भरतपुर महानगरपालिका–६ देवनगरको सडकमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ फूलबारीका ना २१ प ७१८४ नम्बरको मोटरसाइकल चालक विकास विक रहेका छन् । 

आइतबार राति ९:४५ बजे दुर्घटना भई गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति १०:४० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

देवनगरबाट गीतानगरतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो