३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लिफ्ट खानेपानीको निरिक्षण

२० बैशाख २०७३, सोमबार ०९:०९

पर्वत बैशाख १७ गते । जिल्लाको ठूलीपोखरीमा निर्माणाधिन अवस्थामा रहेको ठूलीपोखरी लिफ्ट खानेपानी आयोजनाको पर्वतका प्रमुख जिल्ला अधिकारी झंक ढकालले निरिक्षण गर्नुभएको छ ।

निरिक्षणका क्रममा ढकालले खानेपानी नपाएर काकाकूल अवस्थामा रहेका ठूलीपोखरीका जनतालाई केही महिनामै राहत दिने गरि काम गर्न निर्देशन दिनुभयो । उहाँले ठूलीपोखरीका बासिन्दाको वर्षौंदेखिको खानेपानी समस्या समाधानका जिल्ला स्थित सरकारी निकायहरुसँग समेत समन्वय गरेर छिटो भन्दा छिटो समस्या समाधानमा लाग्ने बताउनुभयो ।

सोही अवसरमा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेम प्रकाश डोटेलले आँफूले सक्दो प्रयास गरेर छिटो भन्दा छिटो खानेपानी आयोजना सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जेठ महिना भित्रमा बाटुलेचौरमा पानी पु¥याउने र आगामी भदौ महिनासम्ममा आयोजना सम्पन्न गर्नेगरि काम भईरहेको जानकारी दिनुभयो ।

गाविसका ३ वडाका १ सय २ घरधुरीलाई स्वच्छ खानेपाली उपलब्ध गराउने उद्देश्यले खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय पर्वतले गत माघ महिनादेखि स्थानीय उपभोक्ता समितिमार्फत काम गर्दै आएको छ । गाविसको माथिल्लो भागमा रहेका टोलहरुमा खानेपानीको समस्या वर्षौंदेखिबाट रहँदै आएको र पछिल्लो समयमा चर्को खडेरीका कारण पानीको हाँहाँकार भोग्दै आएका उपभोक्ताका लागि यो खानेपानी आयोजना सम्पन्न भएपछि समस्या समाधान हुने उपभोक्ता समितिका सचिब युगनाथ पौडेलले जानकारी दिनुभयो ।

आयोजना निर्माणका लागि १ करोड ४६ लाख रुपीयाँको लागत लाग्ने  र ५ सय ६० मिटर तल रहेको पानीलाई बिजुली प्रयोग गरि स्थानीय बाटुलेचौरमा रहेको ट्यांकीमार्फत घरघरमा वितरण गरिने भएको खानेपानी तथा सरसफाई सव डिभिजिन कार्यालय पर्वतका ईञ्जिनियर शिव शंकर शाहले बताउनुभयो ।

आयोजना निर्माणका लागि उपभोक्ता समितिमार्फत ले प्राविधिक कार्यहरु गरिरहेको र सबै काम समयमा नै सम्पन्न गर्नेगरि तयारी भईरहेको संचालक गिरिजा प्रसाद तिवारीले बताउनुभयो । निरिक्षण कार्यक्रममा स्थानीयवासी तथा पत्रकार गणेश पौडेल, स्थानीयवासी शिब प्रसाद लामिछाने, अर्जुन पौडेल लगायले समयमा नै गुणस्तरिय काम गरि आयोजना संचालन गर्न आग्रह गरेका थिए । कार्यक्रम ठूलीपोखरी लिफ्ट खानेपानी आयोजनाका अध्यक्ष निलकण्ठ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट