२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

४ असार २०७५, सोमबार ०४:०६

असार ४, बनियानी | वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । 

जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो । 

“वर्षा र हावाहुरीले पोल भत्किँदा र तार चुडिँदा विद्युत् प्रसारणमा समस्या आएको छ”, प्रमुख साहले भन्नुभयो, “हल्दीबारीको जलथल क्षेत्रमा बढी समस्या देखिएको छ, पूर्णरुपमा विद्युत् सेवा अवरुद्ध हुन दिएका छैनौँ ।” आफ्नो क्षेत्रमा विद्युत्मा समस्या आए तुरुन्तै कार्यालयमा जानकारी गराउनसमेत उहाँले आग्रह गर्नुभयो । 

सकेसम्म छिटो मर्मत गरेर विद्युत् सेवा सुचारु गर्न प्रयास भइरहेको कार्यालयले जनाएको छ । हावाहुरीका कारण भद्रपुर सवस्टेशनअन्तर्गतको क्षेत्रमा नौ वटा पोल भाँचिएको र एउटा २५ केभीएको ट्रान्सिमिटर जलेको छ । जसबाट रु चार लाख बराबरको क्षति भएको प्रमुख साहले जानकारी दिनुभयो । 

शनिबार राति चट्याङसँगै परेको पानीले बिर्तामोडस्थित अनारमनी सवस्टेशनबाट भद्रपुर सवस्टेशनतर्फ जोड्ने ३३ केभी प्रशारण लाइनमा समस्या आएका थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो