२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं ५ को सूचना टाँसेर बैठक स्थगन

२०७५, ४ असार सोमबार १०:०१

असार ४, बुटवल | प्रदेश नं ५ मा प्रदेशसभाको बैठक आज स्थगन भएको छ । 

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले विशेष कारण जनाउँदै बैठक स्थगन भएको सूचना टाँस गरेर जानकारी दिनुभएको छ । 

यसअघि २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको थियो । 

प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली काँग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभाको बैठकमा उभिएर विरोध गरेपछि सभामुख घर्तीले केही समयका लागि बैठक स्थगन गर्नुभएको थियो । 

बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले प्रदेशसभाको हैसियत स्पष्ट नभएको भन्दै हामी सुकुम्बासी वा टुहुरा हौँ भनेर प्रश्न गर्नुभयो । 

उहाँले बजेटलाई कनिका छरेजस्तो भएको टिप्पणी गर्दै बजेटमा नीति कार्यक्रम अभिव्यक्त नभएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, “बजेट सैद्धान्तिकरुपमा असफल भएको छ र बजेटमा हाम्रो सुनुवाइ नभएसम्म कारवाही अघि बढ्दैन ।” बैठक भोलि मङ्गलबारका लागि तोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो