३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सम्पादकीय-गैरजिम्मेवार पन

२० बैशाख २०७३, सोमबार १०:१६

निजामति कर्मचारी केकालागि सरकारले आफ्नो ढुकुटी रित्याएर पालेको छ ? किन निजामति कर्मचारीलाई सरकारले करोडौ रकम पोसेर आफ्नो कर्मचारी बनाएको छ ? पक्कै पनि आम नागरीकको सेवासुविधाको लागि राज्यले करोडौ रकम खर्चेर निजामती कर्मचारीलाई आवश्यक सेवा सुविधा दिएर जनताको सेवामा लाग्नको लागि यसो गरीरहेको छ ।

दुर   दराजमा भएका आम नेपाली नागरीकको लागि आवश्यक पर्ने समस्या र उनीहरुलाई राज्यको अभाव  खड्कीनबाट मुक्त गराउनको लागि पनि    राज्यले कर्मचारी पालेर राखेको छ । तर दुर्भाग्य राज्यले निजामति     कर्मचारीका रुपमा राखेका व्यक्ति गैरजिम्मेवारी देखिदाँ त्यसको दोष सरकारलाई हुने गरेको छ । सरकारले किन यस्ता गैरजिम्मेवारी व्यक्तिलाई राज्यको कोषको रकम खर्चेर पालिरहेको छ भन्ने आम नागरीकले प्रश्न गरीरहेका   छन् ।

एकै दिनमा जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका  २२ अधिकृत सहित १ सय ७ जना गरी कुल १ सय २९ जना कर्मचारी विना सुचना तथा सम्बन्धीत कार्यालयमा जानकारी विनानै आफ्नो जिम्मेवारीलाई तिलाञ्जली दिएर राष्ट्रको सेवाका लागि काम गर्छु भन्दै सेवामा पसेका कर्मचारीले देखाएको अशोभनीयपनका कारण त्यसको सास्ती नेपाली नागरिकले झेल्नुपरेको छ । वन कार्यलयका एक अधिकृत र ४ जना सहायक , खानेपानी तथा सरसफई डिभिजनका  एक अधिकृत र पाँच  सहायक, जिल्ला स्वाथ्यका दुई अधिकृत पाँच सहयाक ,  जिल्ला कृषि कार्यलयका एक अधिकृत र पाँच सहायक  ,महिला तथा वालवालिका कार्यलयका दुई  सहायक रहेका छन् ।

त्यसैगरी सीप विकास कार्यलयका  तीन , जिल्ला हुलाकका ६,  शिक्षा कार्यलयका ४ अधिकृत र ४ सहायक , पश्चिमाञ्चल सिँचाई डिभिजनका २ अधिकृत २ सहायक, मालपोत कार्यलयका ४ जना सहायक ,नापि शाखाका १ अधिकृत ७ सहायक ,कुश्मा नगरपालिकाका ३ सहायक ,घरेलु विकास समीतीका २ अधिकृत , जिल्ला भुंरक्षण कार्यलयका  १ अधिकृत २ सहायक ,नेपाल विद्युत प्रधिकरण शाखाका एक अधिकृत १६  सहायक ,  पशु सेवा कार्यलयका  २ सहायक र  जिल्ला विकास समीतीका २ अधिकृत र ९ जना सहायक रहेका छन् ।
यसरी एकदिनमा एकैपटक विना सुचना निजामित कर्मचारी सम्बन्धी कार्यालयमा अनुपश्थीत हुनुले उनीहरुको गैरजिम्मेवारी पन त देखिएको छ उनीहरुको जनताको सेवाको लागि भन्दा आफ्नो जागिरको तारिक थाम्नाको लागि कार्यालय आउने गरेको पनि किटान गर्न सकिन्छ ।

आफ्नो कर्तव्यबाट टाढा जाने र नागरिकको सेवालाई प्रभावित पार्ने यस्ता कर्मचारीलाई बहिष्कार गरी राज्यले उनीहरुलाई निलम्बन गर्ने खालको नीति निर्माण र कार्यन्वयनमा ल्याउन जरुरी छ । अन्यथा यस्ता घटना पटक पटक दोहोरिन सक्छ त्यसैले यस्तो कर्मचारीलाई कानूनी कठघारामा ल्याइ दण्ड सजायको भागेदारी बनाउन आवश्यक छ । तब मात्र कर्मचारी आफ्नो जागिरको तारिक थाम्नमात्र नभई जनताको सेवामा लाग्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट