२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा सुरक्षित गर्भपतन गराउने महिला बढे

२०७५, ६ असार बुधबार ०६:२४

नन्द बहादुर रोकाया/असार ६, मुगु | मुगुमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । ६ महिनामाको अन्तरालमा  मुगु जिल्लामा १ सय ३० जनाले सुरक्षित गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यलय मुगले जनाएको छ ।

मुगु जिल्ला अस्पतालसहित जिल्लाको रातापानी स्वास्थ्य चौकि, श्रीकोट स्वास्थ्य चौकि, जिमा स्वास्थ्य चौकि  र पुलु स्वास्थ्य चौकि गरी ५ वटा स्वास्थ्य संस्थामार्फत सुरक्षित गर्भपतन सेवा सञ्चालन भईरहेको  छ । ६ महिनाको अवधिमा १३० जनाले सुरीक्षत गर्भपतन सेवा लिईएका आईपास नेपालका कार्यक्रम संयोजक लोक बहादुर बिश्व कर्माले बताउनु भयो  । उनका अनुसार जिल्ला स्वास्थ्य कार्यालयबाहेक मेरीस्टोप्स सेन्टर, नेपाल परिवार नियोजन सङ्घले पनि सुरक्षित गर्भपतन सेवा प्रवाह गरिरहेका  भएपनी त्यस्ता सेवा मुगुमा छैनन्  । तर पनी मुगुमा असुरक्षित गर्भपतन गराउनु हुदैन, सुरक्षित गर्भपतन गराउनुपर्छ, असुरक्षित गर्भपतनले कतिपय अवस्थामा महिलाको ज्यानै समेत जाने जानकारी पाएसंगै मुगुका महिला सुरक्षित गर्भपतन गराउन जिल्लामा तोकिएका स्वास्थ्य संस्थामा आई सुरक्षित गर्भपतन गराउने गरेका बिश्व कर्माको भनाई छ । 

९ हप्तासम्मको गर्भलाई स्वास्थ्य संस्था मार्फत तालिम प्राप्त स्वास्थ्य कर्मिले औषिधि मार्फत गर्भपतन गराउने गरेका छन । १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । हाडनाता करणी, बच्चा र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ हप्तासम्मको गर्भपतन पनि गर्न सकिने व्यवस्था रहेको अधिवत्ता नविन कुमार श्रेष्ठले बताए । पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा निःशुल्क गर्भपतन सेवा सञ्चालन भएकोले पनि स्वास्थ्य संस्थामा सेवा लिन आउनेको सङ्ख्या बढेको अधिवत्ता श्रेष्ठले बताए  । कार्यक्रम आईपास नेपालको सहयोग तथा  सिडिएस पार्क र केपिडिपिको आयोजनामा सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो