2026-07-27 07:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा चेतना अभिवृद्धि गर्न टोल÷टोलमा प्रहरी

असार ६, अर्घाखाँची | अर्घाखाँचीमा विभिन्न चेतना मूलक सन्देश प्रवाह गर्दै प्रहरी टोल टोलमा पुगेको छ । आत्महत्या, लागूऔषध दुव्र्यसनी, बालबिवाह, अपराध न्यूनिकरणका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो । 

धुम्रपान, मद्यपान सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा पनि चेतना जगाइएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको  आयोजनामा टोल टोलमा प्रहरी अभियान सञ्चालन गरिएको हो । सन्धिखर्कका विभिन्न स्थानमा चेतनामूलक पर्चा वितरण गरिएको छ । सन्धिखर्कको शान्तिवगैंचा, वसपार्क, भक्तिटोल लगायतका मुख्य मुख्य ठाउँमा जनचेतना मुलक पर्जा वितरण गरिएको छ । 

तस्बिर:- चेतना मूलक पर्चा बाड्दै प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी 

कार्यक्रममा प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी र सर्वसाधरणको उपस्थिति थियो । सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानले अभियाननलाई जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरिने बताए । ‘समाजमा हुने गरेका गलत कामको अन्त्य गर्ने अभियानको उद्देश्य हो’ उनले भने, ‘अभियान सञ्चालन गरेपछि जिल्लाका जल्दाबल्दा समस्या न्यूनिकरण हुनेमा आशावादी छौं ।’ उनले विभिन्न विद्यालयमा समेत चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । 

जिल्लामा आत्महत्या, बालविवाह, जवरजस्ती करणी, सम्वन्धविच्छेदका घटना बढि मात्रामा घट्न गरेका छन् । यि बाहेक हत्याहिंसा, कुटपिट झैझगडा, महिला हिंसा, पुरुषहिंसा लागूऔषध दुव्र्यसनी, चोरी, डकैतीका घटनाहरु पनि बेलाबेलामा घट्ने गर्छन । 

प्रहरीको यो अभियानले  समाजमा शान्ति सुव्यवस्था कायम राख्नमा मद्दत मिल्ने आशा पलाएको छ । ‘चेतनाको अभावमा पनि ठूला÷ठूला घटनाहरु घट्ने गरेका छन्’ चौहानले भने, ‘मानिसमा नैतिक शिक्षाको अभाव देखिन्छ ।’ प्रहरी निरिक्षक खिमबहादुर घर्तीले प्रहरीको यो अभियानले अपेक्षित परिणाम निकाल्ने बताए । ‘समुदायको सहयोग बिना प्रहरी सफल हुन सक्दैन’ उनले भने,  ‘समुदायसँग मिलेर काम गर्नाका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको अवधारणा ल्याइएको हो ।’ उनले सबै व्यक्ति अनुशासनमा बसे समाजमा कुनै पनि खाले उश्रृङखल घटना नघट्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ