२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

अर्घाखाँचीमा चेतना अभिवृद्धि गर्न टोल÷टोलमा प्रहरी

६ असार २०७५, बुधबार ०७:००

असार ६, अर्घाखाँची | अर्घाखाँचीमा विभिन्न चेतना मूलक सन्देश प्रवाह गर्दै प्रहरी टोल टोलमा पुगेको छ । आत्महत्या, लागूऔषध दुव्र्यसनी, बालबिवाह, अपराध न्यूनिकरणका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो । 

धुम्रपान, मद्यपान सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा पनि चेतना जगाइएको छ । जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको  आयोजनामा टोल टोलमा प्रहरी अभियान सञ्चालन गरिएको हो । सन्धिखर्कका विभिन्न स्थानमा चेतनामूलक पर्चा वितरण गरिएको छ । सन्धिखर्कको शान्तिवगैंचा, वसपार्क, भक्तिटोल लगायतका मुख्य मुख्य ठाउँमा जनचेतना मुलक पर्जा वितरण गरिएको छ । 


तस्बिर:- चेतना मूलक पर्चा बाड्दै प्रहरी र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी 

कार्यक्रममा प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी र सर्वसाधरणको उपस्थिति थियो । सेवा केन्द्रका अध्यक्ष रामबहादुर चौहानले अभियाननलाई जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरिने बताए । ‘समाजमा हुने गरेका गलत कामको अन्त्य गर्ने अभियानको उद्देश्य हो’ उनले भने, ‘अभियान सञ्चालन गरेपछि जिल्लाका जल्दाबल्दा समस्या न्यूनिकरण हुनेमा आशावादी छौं ।’ उनले विभिन्न विद्यालयमा समेत चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । 

जिल्लामा आत्महत्या, बालविवाह, जवरजस्ती करणी, सम्वन्धविच्छेदका घटना बढि मात्रामा घट्न गरेका छन् । यि बाहेक हत्याहिंसा, कुटपिट झैझगडा, महिला हिंसा, पुरुषहिंसा लागूऔषध दुव्र्यसनी, चोरी, डकैतीका घटनाहरु पनि बेलाबेलामा घट्ने गर्छन । 

प्रहरीको यो अभियानले  समाजमा शान्ति सुव्यवस्था कायम राख्नमा मद्दत मिल्ने आशा पलाएको छ । ‘चेतनाको अभावमा पनि ठूला÷ठूला घटनाहरु घट्ने गरेका छन्' चौहानले भने, ‘मानिसमा नैतिक शिक्षाको अभाव देखिन्छ ।’ प्रहरी निरिक्षक खिमबहादुर घर्तीले प्रहरीको यो अभियानले अपेक्षित परिणाम निकाल्ने बताए । ‘समुदायको सहयोग बिना प्रहरी सफल हुन सक्दैन’ उनले भने,  ‘समुदायसँग मिलेर काम गर्नाका लागि सामुदायिक प्रहरी सेवा केन्द्रको अवधारणा ल्याइएको हो ।’ उनले सबै व्यक्ति अनुशासनमा बसे समाजमा कुनै पनि खाले उश्रृङखल घटना नघट्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य