२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

जग्गा मुआब्जा विवादका कारण म्याग्दीको राहुघाट सव स्टेशन निर्माणमा ढिलाइ

२०७५, ६ असार बुधबार ०८:२२

असार ६, म्याग्दी | जग्गा मुआब्जा विवादका कारण म्याग्दी रघुगंगा गाउँपालिका– ३ पिप्लेस्थित निर्माण हुन लागेको राहुघाट सव स्टेशनमा अवरोध उत्पन्न भएको छ । 

१३२ केभी क्षमत्ताको सवस्टेशनका लागि प्रस्तावित अम्बाङका जग्गा धनीहरुले जिल्ला प्रशासन कार्यालयले निर्धारण गरेको मुआब्जाको दर ‘न्यायोचित र व्यवहारिक’ नभएको भन्दै विरोधमा उत्रिएपछि अवरोध उत्पन्न भएको हो । 

जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय प्रशारण लाइनमा जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका – ७ बिमको डाँडाखेतदेखि राहुघाटसम्म प्रसारण लाइन र सव स्टेशन निर्माणको तयारी गरेको छ । 

बिमको डाँडाखेतमा ५१ रोपनी जग्गा अतिक्रमण गरेर मुआब्जा वितरण भइसके पनि राहुघाटमा मुआब्जा विवादले जग्गा अतिक्रमण गर्ने कार्यमा ढिलाइ भएको आयोजनाले जनाएको छ । सव स्टेशन निर्माणका लागि अस्वाङमा ९० रोपनी जग्गा अतिक्रमण गर्नुपर्ने छ । 

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले मुख्य सडक पर्ने जग्गालाई प्रति रोपनी रु पाँच लाख र सडक नपर्नेलाई प्रतिरोपनी रु ४ लाख मूल्य निर्धारण गरेको थियो । चलनचल्तीको दररेट र विसं २०६७ मा रघुगंगा हाइड्रोले सोही क्षेत्रमै दिएको मूल्य भन्दा पनि न्यून 

रकम निर्धारण भएकाले अस्वीकार गरेको जग्गाधनी अशोककुमार शाहीले बताउनुभयो । रघुगंगा हाइड्रोले सडक नपर्नेलाई समेत प्रति रोपनी पिप्ले क्षेत्रमा रु चार लाख ५० हजार र मौवाफाँट क्षेत्रमा प्रति रोपनी रु पाँच लाखका दरले मुआब्जा वितरण गरेको थियो । 

प्रभावित क्षेत्रका जग्गाधनीहरुले संघर्ष समिति बनाएर दररेट पुनःविचार गर्नका लागि दबाब दिन थालेका छन् । प्रजिअ लीलाधर अधिकारीले सहायक प्रजिअको नेतृत्वमा गाउँपालिकाका अध्यक्ष, वडा अध्यक्ष, मालपोत, नापी, वनलगायत कार्यालयका प्रमुख सदस्य रहेको उपसमितिले गरेको सिफारिसको आधारमा मुआब्जा निर्धारण गरिएको बताउनुभयो । प्रजिअ अधिकारीले सरकारसँग मागेपछि जति पनि पाइन्छ भन्ने भावना त्याग्नुपर्ने बताउनुभयो । 

निर्धारण गरिएको मुआब्जाको पुनरावेदनका लागि गृहमन्त्रालयमा आग्रह गर्ने संघर्ष समितिले जनाएको छ । 

रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी र वडा अध्यक्ष जीवन मल्लले जनतालाई मर्कापर्ने गरी मुआब्जाका दर निर्धारण गरिएकाले छलफलमा बोलाए पनि निर्णयमा हस्ताक्षर नगरेको बताउनुभयो । 

चलनचल्ती र पुरानो दररेटलाई आधार मानेर मुआब्जा निर्धारण गर्न सुझाव दिएको वडा अध्यक्ष मल्लले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो