सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत विद्यालय स्तरिय तेक्वान्दो प्रतियोगितामा शिवालय उच्च माध्यमिक विद्यालय च्याम्पीन बनेको छ । प्रतियोगितामा छात्र र छात्रा गरि कुल ६ स्वर्ण पदकको लागि भएको प्रतिस्पर्धा शिवालय उमाविले ५ स्वर्ण जित्दै च्याम्पीयन बनेको हो । त्यसैगरी आदर्श आवासिय मा.वि ले एक स्वर्ण प्राप्त गरेको थियो ।
शिवालयको तर्फबाट छात्रा ४२ के.जीमा आस्था शर्मा, ४४ के.जीमा सोनिया माफिले स्वर्ण हात पार्दै क्षेत्रिय प्रतियोगिताको लागि छनौट हुन सफल भए । त्यस्तै छात्रको तर्फबाट शिवालयका ४५ के.जीमा गणेश नेपाली, ४८ के.जीमा प्रकाश माझी र ५१ के.जीमा आशिष शर्माले स्वर्ण हात पार्दै क्षेत्रीय प्रतियोगिताका लागि छनौट भए ।
आदर्श मा.विको तर्फबाट ४६ के.जी छात्रमा प्रकृति अधिकारीले स्वर्ण हात पारी क्षेत्रीयको लागि छनौट भएको तेक्वान्दो राष्ट्रिय खेलाडी प्रशिक्षक तथा संयोजक भरत कुमार श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिता बैशाख १४ देखि १६ सम्म शुरु भएको थियो भने छनोट प्रतियोगिता बैशाख ४ बाटनै शुरु भएका थिए ।