असार ९ (त्रिशूली) नुवाकोट | नुवाकोटमा बिहे भोजमा मासु चाख्ने क्रममा अड्किएर एक जनाको मृत्यु भएको छ ।

बिहेको भोजमा मासु चाख्ने क्रममा अड्किदा विदुर नगरपालिका वडा नम्बर १३ का ६० वर्षीय होमबहादुर कोइरालाको आज मृत्यु भएको हो ।

आफन्तको बिहेमा गएका कोइरालाको भोजमा मासु खाँदा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले जानकारी दिएका छन् ।

चाख्ने क्रममा मासुको हाड घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको थियो तर अस्पताल लाने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

June 22, 2018
नुवाकोट - NWK, समाज
बिहे भोजमा मासु चाख्ने क्रममा अड्किएर एकको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ