ताराबहादुर महत । असार ९, दोलखा । दोलखा जिल्लाको एक गाउँकी रीता केसी (नाम परिवर्तित) लाई केहि समयअघि आफ्नो परिवारको एक सदस्यले आत्महत्या गरेको दृश्य देखेपछि ठुलो आघात प¥यो । त्यसपछि उनको बोली राम्रोसँग नआउने, रुने, डराउने, निद्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार ९, दोलखा । दोलखा जिल्लाको एक गाउँकी रीता केसी (नाम परिवर्तित) लाई केहि समयअघि आफ्नो परिवारको एक सदस्यले आत्महत्या गरेको दृश्य देखेपछि ठुलो आघात प¥यो । त्यसपछि उनको बोली राम्रोसँग नआउने, रुने, डराउने, निद्"/>
२५ मंसिर २०८२, बुधबार
दोलखा - DLKH

मानसिक रोगको नि ःशुल्क उपचार

९ असार २०७५, शनिबार ०९:५१

ताराबहादुर महत । असार ९, दोलखा । दोलखा जिल्लाको एक गाउँकी रीता केसी (नाम परिवर्तित) लाई केहि समयअघि आफ्नो परिवारको एक सदस्यले आत्महत्या गरेको दृश्य देखेपछि ठुलो आघात प¥यो । त्यसपछि उनको बोली राम्रोसँग नआउने, रुने, डराउने, निद्रामा तर्सने लगायत केहि अस्वभाविक व्यवहारहरु देखाउने समस्या भएपछि परिवारले उनलाई प्रस्तावित चरिकोट अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र) चरिकोट ल्यायो । अहिलेसम्म उनको त्यहिँ उपचार भईरहेको अस्पताल श्रोतले जनाएको छ । 

रीता त प्रतिनिधि पात्र मात्र हुन् । दैनिक रुपमा विभिन्न कारणले मानसिक समस्या देखिएका ३ देखि ५ जनासम्म विरामी यस अस्पतालमा आउने गरेको मेडिकल डाईरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिनुभयो । अस्पतालले मानसिक स्वास्थ्य सेवा शुरुवात आठ महिनाको अवधिमा पाँच सय जना भन्दा बढी बिरामीले सेवा लिएको डाक्टर दंगालको भनाई छ । २०७४ को भाद्र महिनाबाट सेवा शुरु भएको जनाईएको छ । अस्पतालमा डाक्टरद्वय विनोद दंगाल र तुलाकृष्ण गुप्ताले मानसिक स्वास्थ्य सम्बन्धि सेवा दिँदै आउनुभएको छ । त्यसैगरी मनोविमर्शकर्ताहरु सुनिता जिरेल र प्रमिला सेढाँईले मानसिक रोगका विरामीहरुलाई परामर्श गराउने गर्नुभएको छ । 

मेडिकल डाईरेक्टर दंगालका अनुसार समय समयमा मानसिक रोग विज्ञ डाक्टर मधुर बस्नेतले अस्पतालमा कार्यरत डाक्टर तथा मनोविमर्शकर्ताहरुलाई अभिमुखीकरण गराउनुको साथै विरामीहरुलाई समेत सेवा दिने गर्नुभएको छ । प्राथमिक स्वास्थ्य केन्द्रसँगको साँझेदारीमा न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाद्वारा संचालित अस्पतालले अन्य सेवासँगै मानसिक स्वास्थ्य सेवा पनि निःशुल्क रुपमा प्रदान गर्दै आईरहेको जनाईएको छ ।

मानसिक रोग विज्ञका अनुसार मानसिक रोगका लक्षणहरु ः

· निद्रा नपर्नु 

· छटपटी लाग्नु

· खानामा अरुची

· डर लाग्ने

· सास फेर्न गाह«ो हुनु

· आत्महत्याको सोचाई आउनु

· मुटु ढुकढुक गर्नु आदि ।

मानसिक रोग विज्ञका अनुसार मानसिक रोग लाग्ने कारणहरु यसप्रकार छन् ।

·  आर्थिक विपन्नता

·  विपदका घटनाको सामना

·  परिवारका सदस्यको मृत्यु

·  घरायसी झगडा

·   लागु पदार्थ÷मादक पदार्थ सेवन

·   वंशाणुगत गुण

केहि बर्षअघिदेखि प्राथमिक स्वास्थ्य केन्द्रको तर्फबाट महिनाको एक दिन मानसिक रोग विज्ञले सेवा दिने गरेको भएपनि न्याय हेल्थ नेपालले मानसिक स्वास्थ्य सेवा शुरु गरेपछि दोहोरोपना भएको भन्दै केहि महिनाअघिबाट एक दिने विज्ञ सेवा बन्द भएको छ । मानसिक रोगका कुनै पनि लक्षण देखा परेमा प्रस्तावित चरिकोट अस्पतालमा आई निःशुल्क सेवा लिन मेडिकल डाईरेक्टर दंगालले सबैमा आग्रह गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै