३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरो पीडितलाई राहत

२५ बैशाख २०७३, शनिबार ०७:२३

गतवर्षको पहिरोले घरगोठ गुमाएका देउराली ४ जयलेका १२ परिवारलाई जस्ता पाता र कम्बल बितरण गरिएको छ । रोटरी क्लव अफ पर्वत र पोखराको सहयोगमा १५ बण्डल जस्तापाता र प्रति परिवारलाई दुईवटाका दरले कम्बल बितरण गरिएको हो । प्रभावित क्षेत्रमै पुगेर जिल्ला  दैविप्रकोप उद्धार समितिका संयोजक झंकनाथ ढकाल, स्थानीय विकास अधिकारी युवराज पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष हरिओम शर्मा लामिछाने लगायतको टोलीले टोलीले राहत सामाग्रि बितरण गरेको रोटरी क्लव अफ पर्वतका अध्यक्ष गणेशबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

कार्यक्रमका अवसरमा पहिरोपीडितहरुको समस्याका बारेमा बोल्दै प्रमुख जिल्ला अधिकारी ढकालले वर्षायाममा पहिरोले क्षती पुग्नसक्ने बस्ती भएकोले त्यहाँका बासिन्दा जोखिममा बस्न बाध्य भएको बताउनुभयो । उहाँले त्यो बस्ती स्थानान्तरणका लागि गतवर्ष केन्द्रमा पहल हुन नसकेको भए पनि यो वर्ष आफूले बिशेष प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रमका अवसरमा स्थानीय विकास अधिकारी पौडेलले जयलेको पहिरो सबैतिर चर्चाको विषय भएकोले त्यहाँ समस्यामा परेकाहरुका लागि सरकारी निकायको चासो रहेको बताउनुभयो । कार्यक्रमका अवसरमा स्थानीय एकनाथ शर्माले आफूहरुको समस्या राज्यले नसुने पनि रोटरी क्लवले राहत सामाग्रि दिएर ठुलो गुण लगाएको बताउनुभयो ।

रोटरी क्लव अफ पोखराका अध्यक्ष ज्ञानेन्द्र सिग्देलले सात महिनाअघि बाचा गरेको राहत सामाग्रि मुलुकको विषम अवस्थाका कारण ढीलागरि मात्रै ल्याउन सकेको भन्दै पीडित बस्तीमा विद्युत समस्या भए बीस थान सोला लाइट दिने बताउनुभयो । कार्यक्रममा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्वप्रकास प्रसाई, पूर्व अध्यक्ष प्रेमप्रसाद शर्मा, अध्यक्ष गणेशबहादुर क्षेत्री लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव रामकृष्ण रेग्मीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट