२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

घाइतेको उपचारमा सहयोग

२०७३, २५ बैशाख शनिबार ०७:२४

गत बुधबार जंगलमा लागेको आगो निभाउने क्रममा गम्भिर घाइते भएका यहा“का एक युवाको उपचारका लागि पर्वत सेवा समाजले नगद सहयोग गरेको छ । पञ्चासे स्थित संरक्षित वनमा लागेको आगो निभाउने क्रममा गत १४ बैसाखमा भीरबाट ढुङ्गा पल्टिएर टाउकोमा गम्भिर चोट लागेका आर्थरडा“डाखर्क ६ का रबिन गुरुङलाई समाजका सदस्य हिमाली गुरुङको सक्रियतामा ६७ हजार छ सय रुपैया“ सहयोग गरिएको हो ।

गुरुङको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचार हुन नसकेपछि मणिपालको सघन उपचार कक्षमा राखेर उपचार गराइएको आमा जालु गुरुङले बताइन् । उपचारका लागि कम्तिमा तीन लाख खर्च लाग्ने अस्पतालले जनाएपछि खर्च अभावमा आफन्तहरुले घर फर्काउन लागेका थिए । उपचारखर्च अभावमा फर्किन लागेको अवस्थामा समाजले दिएको सहयोगबाट निको हुने आश जागेको आमा जालुले बताइन् ।

प्रकोपपीडित उद्धार तथा राहत सम्बन्धि मापदण्ड २०६४ ले बिपतबाट घाइते भएकालाई राज्यले निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था भए पनि त्यो खर्च पाउन नसकिएको गुरुङका आफन्तले बताएका छन् । मापदण्डले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने खर्च व्यहोर्ने भए पनि गुृरुङको उपचार सरकारीमा हुन नसक्ने भएपछि मात्रै मणिपाल लगिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ