३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

खडेरीका कारण पर्वतमा २३ करोडको क्षति

२६ बैशाख २०७३, आईतवार ०४:२८

पर्वत, लामो समयदेखिको खडेरीका कारण पर्वतमा २३ करोड बढीको क्षति पुगेको छ । जिल्लाका कृषकले लगाएको बालीनाली र लगाउन नपाएको बालीनालीको उत्पादनको अवस्थालाई मध्यनजर गर्दै २३ करोड बढीको क्षति भएको जिल्ला कृषि विकास कार्यालय पर्वतले प्रक्षेपण गरेको छ । मकै बाली लगाउन नपाएको, अधिकांश गाविसमा लगाएको पनि ओइलिएर मरेको छ । व्यावसायिक तरकारी खेती खडेरीका कारण नष्ट भएको छ । जिल्लाको मुख्य उत्पादन बर्खे धान र कोदोको बीऊसमेत राख्न नपाएपछि जिल्लाको समग्र उत्पादनमा ठूलो क्षति भएको कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताए ।आजको कारोबार दैनिकमा खबर छ
खडेरीले जिल्लाभर पु¥याएको क्षतिको विवरण संकलन गरी २३ करोड बढीको विवरण मन्त्रालयमा सिफारिस गरिएको रेग्मीले बताए । रेग्मीका अनुसार जिल्लाको पातीचौर र मिलनचोक क्षेत्रबाहेक सबै ठाउँमा खडेरीले असर पारेको छ । कतिपय ठाउँमा बालीनाली नै लगाउन पाएका छैनन् भने कतिपय ठाउँमा लगाएको बालीनाली नै सखाप भएपछि कृषकहरू चिन्तित बनेका छन् । पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि धान र कोदोको बीऊ राख्नबाट वञ्चित हुनुपरेको छ ।

जिल्लामा झन्डै ७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा पुगेपनि खोला सुकेका कारण नहरहरूमा पानी बन्द हुँदा सिँचाइमा समस्या भएको छ । सानातिना मुलहरूको भरमा खेतीपाती गर्दै आएका कृषकहरू खडेरीका कारण मुल नै सुकेपछि चिन्ता थपिएको शंकरपोखरीका कृषक कुलप्रसाद तिवारीले बताए । उनले भने, “धान, कोदो रोप्ने बेलासम्म पनि बीऊ राख्न पाइएन यसपालि भोकमरी लाग्ने भयो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट