2026-08-31 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनका शिक्षण संस्था खुल्यो

असार १२, चितवन | विद्यार्थी नेता पक्राउको विरोधमा विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले बन्द गराएका चितवनका शिक्षण संस्था आजबाट सञ्चालनमा आएका छन् । 

संगठनका जिल्ला सचिव दर्पणले सोमबार राति एक विज्ञप्ति जारी गर्दै शैक्षिक हडताल फिर्ता लिएको जनाउनुभएको हो । विभिन्न संघसंस्था, सरोकारवाला निकायले विद्यालय खोल्न गरेको अनुरोधलाई मध्यनजर गर्दै अनिश्चितकालीन हडताल फिर्ता लिएको विज्ञप्तिमा उल्लेख छ । 

आन्दोलनको स्वरुप परिवर्तन गरिने भन्दै हडतालका कार्यक्रम फिर्ता लिइएको हो । 

प्रहरीले संगठनका जिल्ला अध्यक्ष रमेश लामिछाने र सदस्य सरोज भट्टराईलाई गिरफ्तार गरेको विरोधमा क्रान्तिकारीले हडताल आह्वान गरेको थियो । बन्दका कारण आइतबार र सोमबार जिल्लाभरका विद्यालयको पठनपाठन प्रभावित भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला