२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको फलेवासमा एक वडा एक नमूना कृषि फार्म अभियान

२०७५, १२ असार मंगलवार ०७:११

असार १२, पर्वत | फलेवास नगरपालिकाले एक वडा एक नमूना कृषि तथा पशु फार्म स्थापनाको अभियान थालेको छ । 

फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाका ११ वटै वडामा कृषि तथा पशु फार्म स्थापना गर्न बजेट विनियोजन गरेको छ । नगरपालिकाको तेस्रो नगरपरिषद्मा प्रस्तुत भएको बजेटमा कृषि फार्म राख्न १० रोपनी र पशु फार्मका लागि कम्तीमा ५० पशु अटाउने फार्म अघि सारेको नगरप्रमुख पदमपाणि शर्माले बताउनुभयो । 

नगरपालिकाले भाँडाकुँडा तथा घरेलु सामग्री उत्पादन गर्ने उद्योग स्थापना गर्ने भएको छ भने एक घर एक खानेपानीको धारा निर्माण अभियानलाई थप प्रभावकारी बनाउने भएको छ । 

यस्तै तीनवटा चक्रपथ निर्माण गर्न नगरपरिषद्ले बजेट विनियोजन गरेको छ । 

नगरपालिकाका बाहिरी क्षेत्र समेटेर बाहिरी चक्रपथ, भित्री सडकको सञ्जाल जोडेर भित्री तथा फलेवास क्षेत्रका देवीस्थान, खानीगाउँ र मुडिकुवा जोड्ने मुख्य चक्रपथ निर्माण गर्न बजेट विनियोजन गरेको छ । 

नगरसभामा उपप्रमुख मञ्जु अधिकारीले प्रस्तुत गर्नुभएको बजेटमा भुजेलस्वारा–पतेयार–मुडिकुवा–कुर्घा–श्रीकाङ–आम्डी–पाङराङ–कुर्घाडाँडा–सलिनधारा–पतियार–थापाठाना सडकका लागि रु ६० लाख विनियोजन गरिएको छ । देवीस्थान–शंकरपोखरी–थापाठाना–कार्किनेटा–भंगारा–ठानामौला–लिमीठाना–खानीगाउँ सडकका लागि रु एक करोड ५० लाख विनियोजन गरिएको छ । 

फलेवासले आगामी आवका लागि कूल आयतर्फ रु ४६ करोड ७६ लाखमध्ये चालू खर्चतर्फ रु ३३ करोड पाँच लाख ५१ हजार तथा पूँजीगततर्फ रु १३ करोड ७१ लाख ४४ हजार विनियोजन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त