2026-06-28 10:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

“शिक्षा र महिला सहभागिता” भन्ने मूल नाराका साथ मासवेसको १२ औं साधारण सभा सम्पन्न

अजयकुमार साह/ पुस, उदयपुर (गाईघाट) ।

अधिकारमुखी क्षेत्रमा योगदान पु¥याएका एक दर्जन व्यक्तीत्वहरु
सम्मानित

महिला तथा बाल अधिकारको क्षेत्रमा विगत १२
बर्षदेखी क्रियाशिल स्थानिय संस्था मूलधार महिला सेवा केन्द्र(मासवेस)को १२ औं साधारणसभा तथा बार्षिक
उत्सव शनिवार गाईघाटमा सम्पन्न भएको छ ।
udaypur
“लैङ्गिक समानता र समावेशी अधिकारका लागी राष्ट्रिय अभियान, आसनमा
महिला, भाषणमा महिला अनि शासनमा महिला, शिक्षा र महिला सहभागिता” भन्ने मूल नाराका साथ त्रियुगा
नगरपालिकाको सभाहलमा आयोजना गरिएको बार्षिकउत्सवमा बोल्दै पूर्व सभाषद तथा संस्थाका संरक्षक एवं
कार्यक्रमका विशेष अतिथि प्रमिला राईले मासवेस अधिकारमुखी सवालमा निरन्तर स्थानिय स्तरमा क्रियाशिल भई
महिला अधिकारका लागी आवाज उठाएकोले जिल्लामा यो संस्था उदाहरणिय रहेको बताउनुभयो ।

यस संस्थाका
अध्यक्ष नजबुला खान(निलम) लगायतका समुहले अधिकारमुखी सवाललाई राष्ट्रिय स्तर सम्म लैजान सफल भई नोट अफ
डिसेन्ट जस्ता राष्ट्रिय मुद्दालाई अधिकारमुखी सवालको रुपमा अगाडी बढाउन सफल भएको प्रति शुभकामना व्यक्त
गर्नुभयो ।

गैरसरकारी संस्था महासंघका केन्द्रिय सदस्य मौसम राईले शुभकामना मन्तव्य दिदै महिला
अधिकारका लागी अझै क्रियाशिल भएर अगाडी बढ्न सुझाव दिनुभयो । राईले अन्तरिम संविधानमा महिला अधिकारका
विषयमा रहेका प्रावधानहरुलाई कटौती गरेर वर्तमान संविापनधानमा राखिएको प्रति गुनासो पोख्नुभयो । उहाँले
वर्तमान संविधान आउनुमा आफैमा गौरवको विषय भएपनि महिलाहरुले पूर्ण सन्तुष्ट भईहाल्ने अवस्था नरहेको
बताउनुभयो । अधिकारमुखी अभियानलाई अझ सशक्त भएर अगाडी बढाउनुपर्ने कुरामा जोड दिनुभयो ।
नेपाल
पत्रकार महासंघका पूर्व अध्यक्ष एवं पत्रकार महेश्वर चाम्लीङ्गले शुभकामना दिदै मासवेस स्थापनामा आफूले
खेलेको भुमिका स्मरण गर्दै पत्रकारिताको माध्यमबाट यस संस्था र अध्यक्ष नजबुला खान(निलम)ले उठाएको
सवाललाई स्थानिय स्तरमा विशेष प्राथमिकता दिएको स्मरण गराउनुभयो ।

जिल्लामा पहिलो मधेशी पत्रकार
एवं सूचनाको हकका लागी नागरिक अभियानका जिल्ला संयोजक अजयकुमार साहले कुनै पनि संस्थाले आफ्नो लक्ष्य र
उद्देश्य पुरागर्नका लागी त्यस संस्थाको नेतृत्व, पदाधिकारी र कर्मचारीहरुको साथै संस्थाप्रति
अधिकारवाला र सरोकारवालाहरुको विश्वसनियतानै महत्वपूर्ण विषय भएकोले ति सवै पक्षहरुलाई मासवेशले अवलम्बन
गरेर अगाडी बढेकोले सो कार्य प्रशंसनिय रहेको बताउनुभयो । उहाँले सुशासनमुखी अवधारणालाई समेत आत्मसात
गरेर अगाडी बढेकोले भविष्यमा राष्ट्रिय स्तरसम्म अभियानहरु सफल हुने कुरामा विश्वास व्यक्त गर्नुभयो

मानवअधिकार संरक्षण मञ्चका युवराज पराजुलीले १२ बर्षको दौरानमा मासवेस संस्थाले धेरै
सवालहरुलाई उठान गर्न सफल भएको र ग्रामिण भेगका अधिकारवालाहरुको अधिकारमुखी सवाललाई उठान गर्न संस्था
सफल भएको प्रमाण कार्यक्रममा सहभागी ग्रामिण भेगका महिलाहरुको प्रत्यक्ष सहभागिता र उनिहरुले गरेको
कामको उदाहरणनै काफी भएको विचार व्यक्त गर्नुभयो । उहाँले स्थानिय स्तरमा मासवेस उदाहरणीय गैरसरकारी
संस्था भएको बताउनुभयो ।

शुभकामना मन्तव्यकै क्रममा आफनो विचार व्यक्त गर्दै बेल्टार बसाहा
नगरपालिकाका कार्यकारी अधिकृत विकास सुन्दासले राज्यद्वारा पछाडी पारिएका समुदायको तर्फबाट नेतृत्व
गर्दै संघर्षका पाईलाहरु सार्दै संस्थालाई महिलाहरुको साझा संस्थाको रुपमा विकास गर्न यस संस्थाका
अध्यक्ष नजबुल खान(निलम) सफल भएको प्रति शुभकामना व्यक्त गर्नुभयो ।

गैसस महासंघकी केन्द्रिय
सदस्य सृजना दनुवार, अन्तरपार्टि महिला संजालकी शान्ता राई, नेपाली काग्रेसका ईन्द्रनारायण साह,
जनमोर्चाकी जसी राई, लोकतान्त्रिक गैससका उपाध्यक्ष शैलेस बस्नेत, केन्द्रिय बाल संञ्जालका अध्यक्ष
शुरेस प्रसाद गुप्ता, मुस्लिम महिला अधिकारकर्मी ठकनी खातुन, वडा नागरिक मञ्चकी तारा लेखी, महिला समुहकी
सुशिला श्रेष्ठ लगायतले संस्थाको उत्तरोउत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो

बार्षिक उत्सवकै अवसरमा संस्थाका कार्यक्रम संयोजक फिरोज खानले प्रगति प्रतिवेदन प्रस्तुत
गर्नुभयो भने कोषाध्यक्ष आनन्दीवती चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यस्तै
सम्पूर्ण अतिथिहरुलाई संस्थाका सचिव रोजीना राईले स्वागत गर्नुभएको थियो । कार्यक्रमको मुख्य उद्देश्य र
औचित्यमाथी संस्थाका कानुनी सल्लाहकार लक्ष्मी चौधरीले प्रकाश पार्नुभएको थियो । संस्थाका अध्यक्ष नजबुल
खान निलमले अतिथि र सरोकारवालाहरुको शुभकामनाले आफूहरुलाई अझ हौसला मिलेको र समुदायमा अझ सशक्त भएर
राष्ट्रिय व्यापी रुपमा सवालहरु उठान गर्न मासवेस टिम सधै लागी पर्ने विचार व्यक्त गर्नुभयो । उहाँले
कार्यक्रमको समापन गर्दै सम्पूर्ण अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्र संचालन तथा सहजीकरण
संस्थाका कार्यक्रम संयोजक सुमन परियारले गर्नुभएको थियो ।

मूलधार महिला सेवा
केन्द्र(मासवेस),उदयपुर २०६० साल पौष १८ गते स्थापना भई निरन्तर रुपमा उदयपुर लगायत विभिन्न जिल्लाहरुमा
महिला, पिछडिएको विपन्न वर्ग,गरिव,एकल महिला,दलित,जनजाति, अपाङ्गता, अल्पसंख्यक मुश्लिम,मधेशी समुदायको
सामाजिक,आर्थिक, राजनैतिक,शैक्षिक विकासको लागि क्षमता अभिवृद्धि, जनचेतनामूलक अभियानहरु,भौतिक
विकासहरुका कार्य गर्दै आएको छ ।

एक दर्जन व्यक्तीत्वहरु सम्मानित 
संस्थाको
बार्षिकउत्सवको अवसरमा स्थानिय स्तरमा अधिकारमुखी सवालमा महत्वपूर्ण भुमिका खेलेका एक दर्जन
व्यक्तीत्वहरु समेत सम्मानित भएकाछन् । संस्थाले उहाँहरुको योगदानलाई कदरगर्दै सम्मान गरेको संस्थाका
अध्यक्ष नजबुल खान(निलम)ले बताउनुभयो । सम्मानित हुनेहरुमा जिल्लामा पहिलो मधेशी पत्रकार एवं सूचनाको
हकका अभियन्ता अजयकुमार साह, पत्रकार महासंघका पूर्व सभापति महेश्वर चाम्लीङ्ग, अधिकारकर्मी युवराज
पराजुली, सृजना दनुवार, मौसम राई, शान्ता राई, पाण्डु परियार , दलित समुदाय बाट पहिलो कार्यालय प्रमुख
विकास सुन्दास, बालअधिकारकर्मी सुरेश प्रसाद गुप्ता, पत्रकार डिल्लीराम खतिवडा, जिविस महिला उपाध्यक्ष
सरिता राई, दलित महिलाहरुको तर्फबाट जिल्लामा स्नात्तकोत्तर गर्ने पहिलो दलित महिला रिता परियार
रहनुभएको छ ।

कार्यक्रमका विशेष अतिथि एवं पूर्व सभाषद प्रमिला राई र संस्थाका अध्यक्ष नजबुल
खान(निलम)ले संयुक्त रुपमा सम्मान पत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई रोचक
बनाउन संस्थाका कर्मचारी, पदाधिकारी र कार्यक्रमका अतिथिहरुविच चिठ्ठा प्रतियोगिता समेत गरिएको थियो
जसमा अतिथिको तर्फबाट अजयकुमार साह, कर्मचारीको तर्फबाट सुजा चौधरी र पदाधिकारीको तर्फबाट ले उपहार समेत
प्राप्त गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी