2026-08-25 10:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

रासस अब नयाँ योजनाका साथ अगाडि बढ्छ: अध्यक्ष अधिकारी

असार १२, विराटनगर | राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ले समाचारको क्षेत्रमा रासस अब नयाँ योजनाका साथ अगाडि बढ्न लागेको बताउनुभएको छ । 

विराटनगरस्थित राससको प्रदेश नं १को कार्यालयको निरीक्षणपश्चात् आज कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उहाँले नयाँ योजनाअन्तर्गत आवश्यकताअनुरुप समाचारलगायत व्यवस्थापनको पक्षमा सुधार गरी राससलाई थप उचाइमा पुर्याउने लक्ष्यका साथ अगाडि बढ्न लागिएको बताउनुभयो । 

उहाँले नेपालको एकमात्र समाचार समितिको विश्वसनीयतालाई कायम राख्दै नयाँ दृष्टिकोणका साथ खोजमूलक समाचारतर्फ विशेष जोड दिन आग्रह दिर्नुभयो । 

अब पुरानो ढर्राको र सतही समाचारले काम नचल्ने, अल्छीपन स्वीकार्य नहुने विषयमा सचेत गराउँदै उहाँले भन्नुभयो, “समाचारमा शब्द चयनस्तरीय हुनुपर्ने, ताजापन ल्याउनुपर्ने र छिटोछिटो समाचार सम्प्रेषण गर्नुपर्छ ।” 

अध्यक्ष श्यामलले सो कार्यालयलाई व्यवस्थित बनाउन ध्यान दिनुपर्ने र यसका लागि आवश्यक बजेट केन्द्रीय कार्यालयले निकासा गर्ने जानकारी दिनुभयो ।

स्थलगत निरीक्षण टोलीमा राससका सञ्चालक समितिका सदस्य दयाराम दाहाल, वरिष्ठ कार्यकारी सम्पादक श्याम रिमाललगायतको सहभागिता थियो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग