२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

३२ सिलिन्डर कामख्या कम्पनीको ग्यास सहित एक पक्राउ

२९ पुष २०७२, बुधबार ०४:५१

पुस २९, उदयपुर । स्थानिय देउरी बजारबाट गाईघाट बजारमा कालोबजारी गर्न लैजाँदै गरेको सिलबन्दी ग्याँस सिलिण्डर
भरिएको पिकअप भ्यान सहित एक जनालाई उदयपुर प्रहरीले प्रक्राउ गरेको छ । त्रिनपा ३ त्रियुगा पुलमा प्रहरी
टोलीले चेकजाँच गर्ने क्रममा फेला पारी सवारी चालक कृष्ण बहादुर तामाङ्ग सहित पक्राउ गरिएको हो

black market

त्रियुगा नगरपालिका १० देउरी बजार स्थित कृष्ण इन्टरप्राइजेज बाट गाईघाट
तर्फ लादै गरेको अवस्थामा मंगलबार राती अन्दाजी ७ः३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष
टोलीले पक्राउ गरेको प्रहरी निरिक्षक रामकुमार यादवले बताए ।

गाईघाट बजारमा बढि मूल्यमा ग्यास
बेच्न ल्याउदै गरेको अवस्थामा प्रहरीले मे १ च १५६९ नम्वरको पिकअफ भ्यानमा राखिएको ग्याँस सहित चालक
कृष्ण बहादुर तामाङ्ग पक्राउ परेको प्रहरी निरिक्षक यादवले बताए ।

उपरिक्षक केसीका अनुसार
प्रक्राउ परेका चालक र बरामद ग्याँस सहितको गाडीलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन,
२०३२ अनुसार मुद्दा चलाईएको जनाईएकोछ ।
मधेसमा जारी आन्दोलनका कारण आपूर्ति कम भएको बहाना देखाउदै
उदयपुरमा पछिल्लो समय ग्यासको कालोबजारी मौलाएको छ । स्थानिय गाईघाट बजारमा प्रीमा, सुपर, कामख्या,
रिजालको, कोशी लगायतका कम्पनीका ग्यास विक्रेताहरुले ग्यास ल्याएर लुकाई छिपाई बढि मूल्यमा बिक्रि गर्ने
गरेका छन । उनिहरुले गोदाममा ग्याँस लुकाएर बेच्ने गरेको भएतापनि स्थानिय प्रशासन मौन रहेको छ ।
गोदामहरुमा छापा मार्न स्थानियले पटक पटक आग्रह गरेपनि प्रशासनले हेलचेक्रयाई गर्दै आएको सर्वसाधारणको
आरोप छ ।
मधेस आन्दोलन अगाडी सिडिण्डर सहितको तिन हजार ५ सयमा मूल्यमा बिक्रि हुने ग्यास अहिले
व्यापारीहरुले लुकाएर आठ हजार सम्म विक्रि गर्ने गरेको स्थानीयले आरोप लगाएका छन । स्थानिय सर्वसाधारणले
ग्याँस, पेट्रोल लगायतका अति आवश्यक सामंग्रीहरुको आयात गरिएको परिमाण र विक्री वितरण गरिएको परिमाण
स्पष्ट रुपमा प्रशासनले सार्वजनिक गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ