Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

स्वास्थ्य शिविरमा ७ सय ३२ जना गराए उपचार

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/असार÷१४ खोटाङ | खोटाङको कुभिण्डेमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरबाट ७ सय ३२ जनाले स्वास्थ्य उपचार गराएका छन् ।

रावाबेंशी गाउँपालिका–१ कुभिण्डेस्थित रत्नराज्य आभारभुत विद्धालयमा भएको दुइ दिने बिशेषज्ञ स्वास्थ्य शिविरमा गाउँपालिकाभित्रका स्थानियहरुले स्वास्थ्य उपचार गराएका हुन् ।

स्थानिय सरकार कायम भएपछि गाउँपालिकालाई लक्षित गरी बुधबार र विहीबार भएको बृहत निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा महिलातर्फ ४ सय ९२ र पुरुषतर्फ २ सय ४० जनाले नोवेल अस्पताल विराटनगरका ११ जना स्वास्थ्य बिशेषज्ञ टोलीको हातबाट स्वास्थ्य उपचार गराएका हुन् ।

शिविरमा पाठेघरको मुखको क्यान्सर भएका ८७ जना महिला, दाँतका ७१ जना, मनस्थिती बिग्रेका वालरोगी ५ जनाको उपचार गरिएको छ । ५ जना महिलाले पाठेघरमा रिङ प्रेसरी राखेका रावाबेंशी गाउँपालिका–६ हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा पाठेघर सम्बन्धी रोग भएका महिलाहरुको बाक्लो उपस्थिती रहेको सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा विराटनगरको आर्थिक सहयोग तथा गाउँपालिकाको संयोजनमा भएको शिविरमा स्त्री तथा प्रसुती रोग, वालरोग, हाडजोर्नी, फिजिसियन, शल्यचिकित्सा, मुख तथा दन्त रोग, भिडियो एक्सेरे सेवा प्रदान गरिएको रावाबेंशी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो ।

स्थानिय सरकार कायम भएपछि गाउँपालिकामा पहिलो पटक सुविधा सम्पन्न तवरमा स्वास्थ्य उपचार गराउन पाउँदा सेवाग्राही हर्षित भएका छन् । भौगोलिक रुपमा टाढासम्म स्वास्थ्य उपचार गराउन जान नसकेका तथा सामाजिक डरले लुकाएर राखेका स्त्री रोगहरु आफ्नै घर आँगनमा विशेषज्ञ टोलीबाट उपचार गराउने अवसर मिल्दा स्थानियहरु उत्साहित भएको गाउँपालिका प्रमुख निरौलाले बताए ।