२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

स्वास्थ्य शिविरमा ७ सय ३२ जना गराए उपचार

१४ असार २०७५, बिहीबार १२:०३

चिसाङ शेर्पा/असार÷१४ खोटाङ | खोटाङको कुभिण्डेमा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरबाट ७ सय ३२ जनाले स्वास्थ्य उपचार गराएका छन् । 

रावाबेंशी गाउँपालिका–१ कुभिण्डेस्थित रत्नराज्य आभारभुत विद्धालयमा भएको दुइ दिने बिशेषज्ञ स्वास्थ्य शिविरमा गाउँपालिकाभित्रका स्थानियहरुले स्वास्थ्य उपचार गराएका हुन् । 

स्थानिय सरकार कायम भएपछि गाउँपालिकालाई लक्षित गरी बुधबार र विहीबार भएको बृहत निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविरमा महिलातर्फ ४ सय ९२ र पुरुषतर्फ २ सय ४० जनाले नोवेल अस्पताल विराटनगरका ११ जना स्वास्थ्य बिशेषज्ञ टोलीको हातबाट स्वास्थ्य उपचार गराएका हुन् । 

शिविरमा पाठेघरको मुखको क्यान्सर भएका ८७ जना महिला, दाँतका ७१ जना, मनस्थिती बिग्रेका वालरोगी ५ जनाको उपचार गरिएको छ । ५ जना महिलाले पाठेघरमा रिङ प्रेसरी राखेका रावाबेंशी गाउँपालिका–६ हौंचुरका वडाध्यक्ष यज्ञनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 शिविरमा पाठेघर सम्बन्धी रोग भएका महिलाहरुको बाक्लो उपस्थिती रहेको सामाजिक बिकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा विराटनगरको आर्थिक सहयोग तथा गाउँपालिकाको संयोजनमा भएको शिविरमा स्त्री तथा प्रसुती रोग, वालरोग, हाडजोर्नी, फिजिसियन, शल्यचिकित्सा, मुख तथा दन्त रोग, भिडियो एक्सेरे सेवा प्रदान गरिएको रावाबेंशी गाउँपालिका प्रमुख लीलानाथ निरौलाले बताउनुभयो । 

स्थानिय सरकार कायम भएपछि गाउँपालिकामा पहिलो पटक सुविधा सम्पन्न तवरमा स्वास्थ्य उपचार गराउन पाउँदा सेवाग्राही हर्षित भएका छन् । भौगोलिक रुपमा टाढासम्म स्वास्थ्य उपचार गराउन जान नसकेका तथा सामाजिक डरले लुकाएर राखेका स्त्री रोगहरु आफ्नै घर आँगनमा विशेषज्ञ टोलीबाट उपचार गराउने अवसर मिल्दा स्थानियहरु उत्साहित भएको गाउँपालिका प्रमुख निरौलाले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो