2026-09-19 04:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

सहयोगका हात बढाऔं

मुत्यु र जीवनको दोसाधमा लडिरहेका आठ वटा छोरी र एक छोराका बाबु मिठे भनी चिनीने मिथुन गिरी मुटु रोगका कारण आज अस्पतालको बेडमा सिमित भएका छन् । एघार जनाको परिवार पाल्नको लागि भारतको मन्द्रासमा सामान्य रोजगारी गरी कमाई गरेर गुजरा चलाउँदै आएका उनी व्यथाले थला परेसँगै परिवारको विचल्ली भएको छ ।

जीवनभरको कमाई आफ्नो छोराछोरीको लालनपालनमै खर्चिएका उनी व्यथाले विस्तारमा सिमित गराउँदा उपचार गर्न सकिराखेका छैनन् । आर्थिक अबस्था कमजोर भएका कारण उनी मृत्यु र जिवनको दोसाँधमा पुगेका हुन् । कसैको उपकार पाए जिउने आश गर्दै उनी आफ्नो जिवन रक्षाको लागि आग्रह गरिरहेका छन् । दुर्लुङ वडा नं. २ विसौनाका अधबैशे उमेरका मिथुन थलिएसँगै अहिले घरपरिवारमा आफ्नो अभिभावक कतै गुम्ने त हैनन् भनी त्रास छ ।

यदि उनी उपचार नपाएर जीवन गुमाउन पुगे भने निश्चित छ कि उनको परिवार विचल्लीमा पर्नेछ । भजन गाउने ओठहरु भन्दा सेवा गर्ने हातहरु हजार गुणाले महान हुन्छन् भन्ने गरिन्छ । तपाई हाम्रो एक सानो सहयोगले कसैको जीवनमा नौलो किरण आउन सक्छ । मानवीय सेवा धर्म नै सवैभन्दा उत्तम धर्म हो । भनिन्छ हजार मैनबत्ती बाल्न नसकेता पनि एक मैनबत्ती बाल्न नचुक अर्थात हामी ठूलो रुपमा आर्थिक वा अन्य कुनै कुराले सहायता गर्न सक्दैनौ भने पनि आपूmले सकेको थोरै रकम सहयोग गर्न सकेमा पनि मुटुको व्यथा लिएर मृत्युसँग जुध्दै गरेका मिठेको उपचारमा ठुलो सहयोग पुग्न सक्छ ।

एक गरीव र आर्थिक अवस्था कमजोर भएको परिवारमा ठुलो रोग लाग्यो भने कतिसम्मको दर्दनाक अवस्था हुनसक्दो रहेछ भन्ने उदाहरण आज मिठे बनेका छन् । उनलाई परेको विपत्तिमा सहयोग गर्नु हामी सवै नेपाली दाजुभाईको कर्तव्य हो । राज्यले शक्ति र सत्ताको नजिक भएकाहरुलाई सहयोग गर्दै आएको छ । के मिठे जस्तो गरीव मजदुर रोगले च्यापेर थलिदा राज्यले सहयोग गर्नु पर्ने हैन र ? केही सानो रकम राज्यले सहयोग गर्दैमा कर्तव्य पुरा भएको मानिन सक्छ ? कदापि सक्दैन ।

मान्छेसँग प्रशस्त धन हुन्थ्यो भने जीवन रक्षाको लागि सवैसँग हात किन पसार्नु पर्ने थियो र ? आखिर केही नलागेपछि बाँच्नैका लागि जीवनको भिख माग्नु त प–यो नै । यो जीवन रक्षाको लागि गरिएको याचनालाई सहयोग पुराउनु हामी सवैकोक कर्तव्य हो । सवैले आफ्नो स्थानबाट सहयोगी हातहरु बढाएर मिठेको जीवन रक्षा गरी उनको परिवारको खुशी फर्काउन पहल गरौ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा