Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ असार १५ गते, अपराह्न ५:४४ बजे कृषि गतिबिधी, खोटाङ्ग - KTG

खोटाङमा यसरी मनाईयो राष्ट्रिय धान दिवस, हेर्नुहोस् ८ तस्विर

By kit 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चिसाङ शेर्पा/असार÷१५ खोटाङ | खोटाङमा भव्य रुपमा राष्ट्रिय धान दिवस मनाईएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा शुक्रबार बाम्राङस्थित झिसेपुमा १५ औं राष्ट्रिय धान दिवस मनाईएको हो ।

नगरपालिकाको आयोजना तथा कालीनाग कृषक समुह बाम्राङको व्यवस्थापनमा दिक्तेलका प्रमेश जोशीको ८ रोपनी खेतमा रोपाइ गरिएको हो । रोपाइ कार्यक्रमलाई सम्बोधन गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले कृषिलाइ सम्मानित पेशा बनाउन नसकिए पनि उत्पादन गर्ने ब्यक्तिहरु सम्मानित ब्यक्ति भएको बताउनुभयो ।   ‘बजारमा किनेर खाँदा ठूला सम्झने तर, बिक्री गर्दा सानो भइने प्रबृत्तिलाई अन्त्य गर्दै गएमा कृषि पेशा सम्मानित पेशा हुने मेयर रिजालले बताए ।

जिल्ला समन्वय समिति उपप्रमुख गोमादेबी खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख प्रशासकीय अधिकृत आनन्दराज पोखरेल, महिला तथा वालवालिका कार्यालय अधिकृत भुवन राई, बाम्राङका वडाध्यक्ष ललित राई जीवन लगायतले सामूहिक रुपमा रोपाइ गर्नुभएको थियो । मानो रोपेर मुरी फलाउने दिनका रुपमा यस दिन नेपालका अधिकांस स्थानमा रोपाई गरेर धान दिवस मनाउने गरिन्छ ।

खेतमा रोपाई गरि दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रुपमा रहेको धानको उत्पादनलाई महत्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाउने गरेको हो ।