2026-06-28 06:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

त्रिभुवन माविमा धानै रोपेर मनाइयो विश्व धान दिवस

कमल पौडेल | असार १५, बाग्लुङ | असार १५, विश्व धान दिवसको अवसरमा त्रिभुवन मावि खर्वाङले धान रोपाई कार्यक्रम सम्पन्न गरेको छ। कृषि वालि विज्ञान तर्फका विद्यार्थीहरुको सहभागितामा झण्डै ४ रोपनी क्षेत्रमा धान रोपाई गरिएको हो । सो कार्यक्रममा चार थरी धानको विउ रोपिएको कृषि प्रशिक्षक कमल न्यौपानेले जानकारी दिनुभएको छ। 

प्राविधिक धारमा अध्ययन गर्ने विद्यार्थीहरुलाई कृषिको महत्व र धान दिवसको वारेमा सचेतना अभिवृद्धि गर्न रोपाई कार्यक्रम नै संचालन गरिएको अर्का कृषि प्रशिक्षक प्रशान्त खरेलले वताउनु भयो। धान रोपाई संगै दहि चिउरा खाएर असार १५ मनाइएको छ। विद्यार्थीहरुवाट दहि संकलन गरिएको र दहि चिउरा खाने व्यावस्था गरिएको सहायक कृषि प्रशिक्षक अनुपम थापाले जानकारी दिनुभयो। विद्यालयकै कार्यक्रमवाट धान रोपाई गर्न पुगेका विद्यार्थीहरु निकै खुसि देखिएका थिए। 

विहान १० वजे देखि साँझ ५ वजे सम्म विद्यार्थीहरुले रोपाई कार्य गरेका थिए। वालिविज्ञान तर्फ कक्षा ९ र १० का ८० जना विद्यार्थी सो कार्यक्रममा संलग्न भएको विद्यालयले जनाएको छ। नमुना विद्यालयमा छनौट भएको त्रिभुवन मावि खर्वाङमा गत वर्षदेखि कृषि वालिविज्ञान विषयमा पढाई हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी