२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जमिन भासिएपछि बाग्लुङ काठेखोलाका १४ परिवार विस्थापित

१६ असार २०७५, शनिबार १२:३५

असार १६, बागलुङ | जमिन भासिएपछि काठेखोला गाउँपालिका–५ काउलेका १४ परिवार विस्थापित बनेका छन् । 

विस्थापित हुनेमा १३ दलित र एक जनजाति परिवारका ४६ जना छन् । उनीहरुले छिमेकीको घरमा आश्रय लिएको वडा अध्यक्ष शिव कँडेलले जानकारी दिनुभयो । 

जमिन धसिन थालेपछि पहिरोको डरले गाउँलेहरु बेलैमा सुरक्षित ठाउँतिर लागेका हुन् । “घरगोठ पनि चर्किएर बस्न नमिल्ने बनेका छन्,” वडा अध्यक्ष कँडेलले भन्नुभयो । खेती गर्ने जग्गा पनि धाँजा फाटेपछि गाउँलेहरु पीडामा छन् । लत्ताकपडा, खाद्यान्न, पशु चौपायासहित घर छोडेका विस्थापित राहत र पुनःस्थापनाको पखाइमा छन् । तत्कालका लागि अस्थायी बास बनाएर उनीहरुलाई राख्ने तयारीमा गाउँपालिका छ । 

“घर छोडेर हिँड्नुपर्ने अवस्था भयो”–विस्थापित सुमित्रा परियारले भन्नुभयो । सुरक्षित ठाउँमा जग्गा खोजेर पुनःस्थापना गर्नुपर्ने विस्थापितको माग छ । “तत्काललाई काठ र जस्तापाताबाट बन्ने अस्थायी संरचनामा व्यवस्थापन गर्छौँ”– वडा अध्यक्ष कँडेलले भन्नुभयो, “दीर्घकालीन पुनःवासको लागि समय लाग्छ ।” 

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खेरल नेतृत्वको टोलीले शुक्रबार घटनास्थलको निरीक्षणपछि विस्थापित परिवारलाई भेटेरै राहत रकम बाँडेको छ । जिल्ला विपद् व्यवस्थापन समितिमार्फत् प्रतिपरिवार रु १० हजारका दरले राहत रकम वितरण गरिएको हो । यस्तै, नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा बागलुङको तर्फबाट एक÷एक थान त्रिपाल प्रदान गरिएको छ । 

वडा कार्यालयले पनि खाद्यान्न सहयोयस्वरुप प्रतिपरिवार एक बोरा चामल उपलब्ध गराएको जनाइएको छ । थप राहत र पुनःस्थापनाको लागि सहयोग जुटाउने काम शुरु भएको गाउँपालिकाका अध्यक्ष अम्मर थापाले बताउनुभयो । “पुर्नस्थापनाको लागि सबै पक्षसँग मिलेर योजना बनाउँछौँ”–अध्यक्ष थापाले भन्नुभयो । 

निरन्तर जमिन भासिदै जाँदा तल्लो काउलेमा रहेको वस्ती र मध्यपहाडी पुष्पलाल लोकमार्गसमेत जोखिममा पर्ने खतरा छ । गाउँपालिकाले जोखिमयुक्त ठाउँमा हिँडडुल नगर्न समेत सर्वसाधारणलाई सचेत गराएको छ । गत मंगलबारदेखि परेको अबिरल वर्षाले जिल्लाका विभिन्न ठाउँमा बाढी, पहिरोका घटना निम्ताएको छ । पहिरोले जिल्लाको पश्चिम गलकोट र दक्षिण भेगमा बढी क्षति पुर्याएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै