2026-10-27 04:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा अभिभावक मेला सम्पन्न

दुर बुढा | असार १६, मुगु | कर्णाली प्रदेशमानै पहिलो पटक मुगु जिल्लामा रहेको छायानाथ रारा नगर पालिकाको आयोजना र एक दर्जन संघ सस्थाको सहआयोजनामा गरीएको एक दिने अभिभावक मेला सम्पन्न भएको छ ।

छायानाथ रारा नगरपालिका भित्र रहेका प्रारम्भिक बाल्यावस्थामा पढीरहेका बालबालिकाको शारीरीक मानशिक बौदिक, संवेगात्मक, सामाजिक, सांस्कृतिक र भाषाको बिकास गर्ने भविष्य उज्वल बनाउन नगरपालिका भित्र रहेका बिद्यालय शैक्षिक अबस्थालाई माथि  उठाउनको लागी मेलामा सहभागी भएका अभिभावकले मेलामा देखे-सिकेका कुरालाई घर परिवार गाउँ टोलमा प्रयोग गर्नकोलागी  आमा बुबा र स्याहार कर्ता अभिभावक नै हुन । स्थानिय स्रोत साधनको प्रयोग गरेर शैक्षिक कृयाकलाप अधि बढाउन, अभिभावक, शिक्षक, बिद्द्यार्थीहरुले शैक्षिक क्षेत्रको आदान-प्रदान गर्ने उद्श्यले अभिभावक मेला सन्चालन गरीएको छायानाथ रारा नगरपालिका मुगुका नगर प्रमुख हरिजङ्ग शाहीले बताएका छन् ।  

अभिभावकको मुख्य आर्कषकहरु नाटक, प्रारम्भिक बालबिकासमा बुबाको जिम्मेवारी, प्रारम्भिक बालबालिकाको महत्व देउडा गीत, बालकथा, अभिभापक कथा, रैथानिक स्थानिय खाद्यान्न बाली, १ बर्षदेखी १० बर्ष सम्मका बालवालिकाको स्वास्थ्य परिक्षण स्थानिय स्रोत साधनबाट बनाईएका शैक्षिक सामाग्रीहरु रहेका छन ।

यस अभिभावक मेलामा बिद्यार्थि अभिभावक गरी ८ सय जना भन्दा बढीले मेलाको अवलोकन अध्ययन गरेका छन् भने मेलामा १५ बटा स्टल रहेका छन् । प्रारम्भिक स्टलमा प्रारम्भिक बाल बालिकाहरुलाई पढाउने तरीका बारे र स्थानिय खाद्यान्न बाली, स्वास्थ्य परीक्षा गरेको मेला आयोजकले बताएका छन् ।

अभिभावक मेलामा सहभागी भएका छायानाथ रारा नगरपालिका ५ कार्कीबाडा गाँउका जनक सेजुवालका अनुसार मेला एकदमै राम्रो छ । सानानानी-बाबुलाई सहजको लागी ज्ञान मुलक रहेको छ, यस्ता मेला बर्षको २/३ पटक हुनुपर्ने समेत उनले बताएका छन् ।

उक्त मेलामा जिल्लामा रहेका सरोकारवाला सबैको भेला भएको छ । सबैभन्दा अभिभावकले बाल बच्चालाई गाई-गोरु भेडा-बाख्रा चराउन नलगाउनु पर्ने रहेछ, नियमित बिद्यालयमा पठाउनु पर्ने जस्ता राम्रो सन्देश दिईएको छ । यो अभिभावक मेला गरेकोमा निकै राम्रो भएको  छायानाथ रारा नगरपालिका ३ फुली गाँउका दिप बहादुर खड्काले बताएका छन् ।

दान बहा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने