पढ्न करिब 1 मिनेट लाग्छ

राम नारायण पंडित | असार १७, सिरहा | स्थानिय सरोकारबालाहरुको एक दिने स्वास्थ्य बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम कर्जन्हा नगरपालिकामा सम्पन्न भएको छ ।

सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम सम्बन्धि जानकारी दिएर धेरै भन्दा धेरै नागरिकको विमा गराउने उदेश्यका साथ शनिबार अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो । अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य बिमा किन गर्ने, यसको उदेश्य र फाइदा, बिमाबाट कस्तो किसिमको बिरामीले उपचार गर्न पाउने र कस्तो बिरामीले उपचार गर्न नपाउने भन्ने बिषयमा जानकारी गराइएको थियो ।

सामुदायिक स्वास्थ्य बिमा कार्यक्रमले अति गरिबहरुलाई स्वास्थ्य सेवामा शत प्रतिशत, गरिबलाई ७५ प्रतिशत र सिमान्तकृत गरीबहरुलाई ५० प्रतिशत छुट दिने गरिएको छ । सरकारले सञ्चालन गरेको २५ सय रुपैयाँको स्वास्थ्य बिमामा गरेमा ५० हजार सम्मको उपचार गर्न उपलब्ध हुने व्यवस्था छ ।

कार्यक्रममा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान, उपमेयर ज्ञानु श्रेष्ठ, स्वास्थ्य बिमाका प्रदेश २ का प्रमुख रमेन्द्र कुश्वाहा, दर्ता अधिकारी पशुपति चौधरी, मन्जु लामा, सम्भना साह र कर्जन्हा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक शिबदयाल महतो लगायतका उपस्थित रहेको थियो ।