2026-09-18 04:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

म्याग्दीका पत्रकार खत्री पुरस्कृत

सन्तोष गौतम । माघ १७, म्याग्दी । म्याग्दीका पत्रकार कमल खत्रीलाई शनिबार कृष्ण सेन (ईच्छुक) सिर्जनशिल पत्रकारीता पुरस्कार प्रदान गरिएको छ ।

क्रान्तिकारी पत्रकार संघ म्याग्दीले दोस्रो जिल्ला सम्मेलनको अवसरमा पत्रकारीताको माध्यमबाट खत्रीले पुर्याएको योगदानको कदर गर्दै नगद रु. पाँच हजार सहित पुरस्कार प्रदान गरेको हो । संघका संस्थापक ओम शर्मा, एकिकृत नेकपा माओवादी म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमीरे, शाखा अध्यक्ष सन्तोष गौतमले खत्रीलाई नगद, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

kamal khatri

जनयुद्धका समयमा दिवंगत भएका जनादेश साप्ताहीकका तत्कालीन सम्पादक कृष्ण सेनको स्मृतीमा संघले गत वर्ष एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको थियो । सोही कोषको ब्याजबाट प्रत्येक दुई वर्षमा जिल्लामा क्रियाशिल पत्रकारलाई पुरस्कृत गर्ने ब्यवस्था मिलाइएको छ ।

वि.स २०६६ सालदेखि रेडियो म्याग्दी, एबिसी टेलिभिजन, रासस, म्याग्दी अनलाईन, सम्बृद्ध साप्ताहीक लगायतका सञ्चार माध्यममा आवद्ध भई पत्रकारीतामा क्रियाशिल खत्रीलाई प्रोत्साहनका लागि उक्त कोषबाट पहिलो पटक पुरस्कृत हुनुभएको हो ।

यसैबीच संघको दोस्रो सम्मेलनले खत्रीकै अध्यक्षतामा पदम बिक उपाध्यक्ष, सन्दिप खत्री सचिव, शुशिल थकाली कोषाध्यक्ष र प्रमीला पौडेल सहसचिव रहेको शाखाको नयाँ कार्यसमिति चयन गरेको छ । शाखाको सदस्यहरुमा धिरन खत्री, ईश्वर सुवेदी, वुद्धी पुन, सरला परियार र मिलन बसेल रहनुभएको छ ।

निवर्तमान शाखा अध्यक्ष सन्तोष गौतम सहित पाँच जना पदाधीकारीलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको निर्वाचन मण्डलका संयोजक संघका केन्द्रिय सदस्य एलपी बञ्जराले जानकारी दिनुभयो । सम्मेलनमा मन्तब्य व्यक्त गर्दै संघका संस्थापक शर्मा लगायतका बक्ताहरुले पत्रकारहरुको पेशागत दक्षता र सञ्चार माध्यमको गुणस्तरमा जोड दिनुभयो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी म्याग्दीका अध्यक्ष चन्द्रबहादुर घिमीरे, क्रान्तिकारी पत्रकार संघका केन्द्रिय सदस्य एलपी बञ्जरा, त्रिभुवन पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका कार्यबाहक अध्यक्ष ठाकुरप्रसाद आचार्य, प्रेस चौतारीका शाखा सचिव प्रताप बानिया, प्रेस युनियनका सभापति गोपाल छन्त्याल र एकिकृत अखिल नेपाल शिक्षक संगठनका ४ नम्बर प्रदेश संयोजक सोमनाथ ढुंगानाले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । सन्तोष गौतमको अध्यक्षता, कमल खत्रीको सञ्चालन र सन्दिप खत्रीको स्वागत मन्तब्यमा सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई सरकार कानमा तेल हालेर आँखामा पट्टि बाँधेर बसेको छ : सांसद थपलिया