२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको ककनी खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा

२०७५, १८ असार सोमबार ०३:०९

असार १८, नुवाकोट | यहाँको ककनी गाँउपालिकालाई आइतबार जिल्लाको ११औँ स्थानीयतहको रुपमा खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गरिएको छ । 

रानीपौवास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले यसअघि घोषणा हुन बाँकी रहेका वडासहित सिंगो गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र र गाउँपालिकाभित्रका बालबालिकाले तोकिएको खोपको मात्रा सबै लिएको सरकारी तथ्यांकका आधारमा एकैसाथ खुला दिसामुक्त र पूर्ण खोपयुक्त क्षेत्र भएको घोषणा गर्नुभएको हो । 

गाउँपालिकाभित्र पर्ने साविकका गाविस ओखरपौवा, चाउथे, ककनी, चतुरालेको सबैस्थान तथा मदानपुर र थानसिंहको केही भूभाग मिलेर बनेको ककनी गाउँपालिकाभित्रका पाँच हजार ९६५ घरधुरीमध्ये ९९ प्रतिशतकोे घरमा पक्की शौचालय निर्माण भएको तथ्यांकका आधारमा त्यसको पूर्ण पालना गर्न गाउँपालिकावासीलाई सामूहिक एक्यबद्धता जनाउन लगाएर सरसफाइको मुख्य हिस्साअन्तर्गतको खुला दिसामुक्त क्षेत्र भएको घोषणा प्रतिनिधिसभा सदस्य तामाङले गर्नुभएको हो । 

यसैगरी बाल स्वास्थ्य सुधारको लागि महत्वपूर्ण मानिएको सबै बालबालिका पूर्ण खोपयुक्तको पहुँचमा आएको घोषणा गर्दै निरन्तरता दिन उहाँले आग्रह गर्नुभयो । 

सरसफाइ र स्वास्थ्यको दृष्टिकोणले सभ्य समुदायतर्फ लम्किएको बस्तीलाई आगामी दिनमा थप अघि बढाएर पूर्ण कार्यान्वयन गराउन शौचालय प्रयोगको अवस्थाको नियमित अनुगमन, त्यसको कार्यान्वयन गर्नेलाई प्रोत्साहन तथा सम्मान, बजार क्षेत्रमा सार्वजनिक शौचालयको निर्माण, खानेपानीको उचित प्रबन्धलगायतमा स्थानीय सरकारले आवश्यक प्रबन्ध मिलाउने गाउँपालिका प्रमुख मानबहादुर लामाले बताउनुभयो । 

घोषणा कार्यक्रममा प्रदेशसभा सदस्य बद्री मैनाली, जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ, खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख मोहनलाल जैसी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, सबै वडाका वडाध्यक्ष, वडासदस्य, कार्यपालिका सदस्य, महिला स्वास्थ्य स्वयंसेविकालगायतको सहभागिता थियो । 

नुवाकोटमा खुला दिसामुक्त क्षेत्र घोषणाको लागि अब बेलकाटगढी नगरपालिका बाँकी रहेकाले त्यसलाई यही २१ गते घोषणा गर्दै यो महिनाभित्र सिंगो जिल्ला खुला दिसामुक्त क्षेत्र भएको घोषणा गर्ने तयारी थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु