२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

एमाओवादीको जनवर्गीय संगठनहरुको भेलामा तिब्रता

२०७२, २४ फाल्गुन सोमबार ०७:१७

फागुन २४, म्याग्दी / एकिकृत नेकपा माओवादी म्याग्दीले जनवर्गीय संगठनहरुको भेला तथा सम्मेलनलाई तिब्रता दिएको छ । संगठन सुदृढीकरण अभियान अन्तरगत एमाओवादी म्याग्दीले विद्यार्थी, महिला, मजदुर, युवा, जातीय र पेशागत संगठनहरुको भेला, सम्मेलनलाई तिब्र पारेको हो ।

यसैक्रममा आईतबार बेनीमा सम्पन्न अखिल नेपाल टेड युनियन महासंघ म्याग्दीको भेलाले राजेन्द्र केसीको संयोजकत्वमा २३ सदस्यीय महासंघको जिल्ला सम्मेलन आयोजक कमिटि गठन भएको छ । महासंघका निवर्तमान अध्यक्ष कमल केसीको अध्यक्षता, महासंघका ४ नम्बर प्रदेश सदस्य तथा धौलागिरी ईञ्चार्ज कृष्ण जिसीको प्रमुख आतिथ्यता र एमाओवादीका केन्द्रिय परिषद् सदस्य गोविन्द पौडेल, जिल्ला सहसचिव पुस्कर बिक र कोषाध्यक्ष शेरबहादुर केसीको उपस्थितीमा भेला सम्पन्न भएको थियो ।

सम्मेलन आयोजक कमिटिको सदस्यहरुमा नगेन्द्र केसी, दलबहादुर पुन, नन्दकुमार पुन, गणेश श्रेष्ठ, राजेन्द्र रसाईली, सुमन सुनार, मिलन बानिया, भिमबहादुर सुनार, हरिबहादुर भण्डारी, किसान जिसी, शक्ति छिनाल, नविन पौडेल, कृष्णबहादुर खत्री, कुशुम कार्की, बमबहादुर सुनार, माया परियार भट्टराई, मनमाया थापा, हिराबहादुर दर्जी, लक्ष्मण लामिछाने, नानुमाया दाहाल, दलबहादुर किसान र एकलाल जुक्जाली रहनुभएको महासंघले जनाएको छ ।

कमिटिले यातायात, धातु तथा निर्माण, ढुवानी, ईलेक्ट्रीकल, करार, सडक मजदुर र फलफुल ब्यपार गर्ने मजदुरहरुलाई एकतावद्ध गरि जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट