२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटको किम्ताङमा पहिरोको जोखिम, १७ परिवार विस्थापित

१८ असार २०७५, सोमबार ०७:५४

रामहरि न्यौपाने/असार  १८, नुवाकोट | अविरल वर्षासँगै बगेको पहिरोका कारण यहाँको म्यागङ गाउँपालिका–४ साविक किम्ताङ गाविसको वडा नं ७ का १७ परिवार विस्थापित भएका छन् । 

पहिरोले ११ रोपनी क्षेत्रफल खेतीयोग्य भूमि बगाउँदै बस्तीतर्फ झरेपछि स्थानीय प्रशासनले उनीहरुलाई आज उद्धार गरी चन्द्रदेवी माध्यमिक विद्यालयमा स्थानान्तरण गरेको हो । 

विसं २०२८ देखि बग्दै गएको पहिरोबाट पीडित किम्ताङबासीलाई यसवर्ष वर्षा शुरु हुनुपूर्व नै बलच्युङ र खरबारीबाट झरेको पहिरोले बस्तीमा क्षति पुर्याएकाले त्यहाँ रहेका १७ घरधुरीका करीब १०० जनालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका उपाध्यक्ष शान्ति गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार शुक्रबार रातिदेखि बग्न शुरु गरेको पहिरोले खेत बगाएर आइतबार राति बस्तीसम्म पुगेकाले उनीहरुलाई आज विद्यालयमा स्थानान्तरण गरिएको हो । 

पहिरोले घरमा क्षति पुर्याउन थालेपछि गाउँपालिका र वडा कार्यालयको पहलमा पहिरो पीडित सूर्यमान तामाङ, बुद्धे तामाङ, हरिप्रसाद घले, दलबहादुर तामाङ, देसीमायाँ तामाङ, फुलबहादुर तामाङ, धनसिंह तामाङ, सिंकर तामाङलगायतका परिवार विद्यालयमा आश्रित छन् । 

पहिरोले घरमा क्षति पुर्याएको निमा लामा तामाङ, मोई घले, सोनम तामाङ, आइतराम तामाङ, कमानसिंह तामाङ, आइतमान तामाङ, गंगामायाँ घले, छन्त लामा तामाङ र धनमायाँ घलेको परिवारलाई पनि विद्यालयमा सारिएको छ । 

पीडितलाई गाउँपालिकाबाट खाद्यान्नको व्यवस्था गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मच्छिन्द्रनरसिंह प्याकुरेलले बताउनुभयो । 

पहिरोको उच्च जोखिममा रहेका किम्ताङको बस्तीमा वर्षात् शुरु हुनुपूर्व नै पहिरो बग्न थालेपछि बाँकी बस्तीका अन्य परिवार पनि त्रस्त छन् । 

लामो समयदेखि बग्दै गएको पहिरोका कारण साविक किम्ताङ गाविसका ४३० भन्दा बढी घरपरिवार जोखिममा रहेको प्रतिवेदन यसअघि जिल्ला प्रशासन कार्यालयले तयार गरी सुरक्षित स्थानमा स्थानान्तरणका लागि माथिल्लो निकायमा सिफारिस गरेको थियो । 

नि प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलका अनुुसार पहिरोबाट किम्ताङको वडा नं ५ देखि ९ सम्मका २०० घरपरिवार उच्च जोखिममा रहेकाले जतिसक्दो चाँडो स्थानान्तरण गर्नुपर्ने भएको छ । 

“पहिरोले खेतीयोग्य भूमि बगाएर भित्र्याउन ठिक्क बनाएको मकैबाली र रोप्न शुरु गरेको ११ रोपनी धान खेत बगाएर बस्तीतर्फ लागेको छ ।” उहाँले भन्नुभयो, “पहिरोको जोखिममा परेका परिवारका लागि स्थानान्तरण गर्न सुरक्षित स्थानको अभाव मुख्य चुनौती बनेको छ ।” 

पहिरोपीडितलाई चार वर्षअघि स्थानान्तरण गर्न हाल म्यागङ गाउँपालिकाकोे टुडीमैदानमा प्रक्रिया अघि बढाए पनि उनीहरुले विकल्पमा विदुर नगरपालिका–६ स्थित खम्पाक्याम्प हुनुपर्ने अडान राखेका थिए ।टुडीमैदानमा अहिले गाउँपालिकाको कार्यालयलगायतका संरचना बनाउन थालिएको छ । 

पीडितको अडान रहँदै आएको स्थान खम्पाक्याम्पमा पनि कारागार व्यवस्थापन विभागले तीन वर्षअघिदेखि केन्द्रीय कारागार निर्माण शुरु गरेपछि करीब ४५० परिवार स्थानान्तरण गर्न सुरक्षित स्थानको समस्या बनेको छ । 

पीडित बसोबास गर्दै आएको किम्ताङका सबै तामाङ समुदाय र चिसो स्थान भएकाले सुहाउँदो हावापानी तथा सांस्कृतिक एकतासमेत कायम गराउन सहज मानिएको ककनीमा स्थानान्तरणको प्रयास भए पनि त्यसमा उनीहरुले चासो नदिएपछि पहिरोे जोखिम क्षेत्रका बासिन्दा कहाँ लैजाने भन्नेमा स्थानीय प्रशासन अन्योलमा छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल