चैत ८, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ राउ वडामा भएको आगलागीबाट १० लाख भन्दा बढीको क्षति भएको छ । आइतबार जङ्गलमा लागेको आगो हावाले उडाएर स्थानीय देवीदक्त पौडेलको घरमा सल्किएपछि घरमा रहेका खाद्यान्न, नगद र लत्ताकपडासहित रु १० लाख भन्दा बढीको क्षति भएको हो ।
बेनी–गलेश्वर सडकखण्ड नजिकै जङ्गलमा लागेको आगो हावाले उडाएर आगलागी हुँदा पौडेलको दुई तले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरुङले बताए ।
जङ्गल हुँदै घरमा सल्किएको आगोलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र इन्द्रबक्स गणका नेपाली सेनाका जवानहरुले नियन्त्रणमा लिइएको थियो ।